माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित, केन्द्रीय सदस्यहरु ओली शैलिमा अनुमोदित ।

 

काठमाण्डौ:
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल (प्रचण्ड) निर्विरोध निर्वाचित भएका छन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशनबाट चुनिएको २३६ सदस्यीय केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्ष चयन गरेको हो । जुन केन्द्रीय कमिटीलाई आइतबार प्रज्ञा भवनमा ‘प्रचण्ड’ आफैले नाम पढेर अनुमोदन गराएका थिए।

प्रचण्डको केन्द्रीय कमिटीको सूचीमा कसैले असन्तुष्टिको चुक्क शब्द पनि बोल्न सकेन। आठौं महाधिवशेनका लागि काठमाडौंमा जम्मा भएका १७ सय ५० महाधिवेशन प्रतिनिधिले गर्न नसकेको काम प्रचण्ड एक्लैले गरिदिए।  यस्तै शैली नेकपा एमालेको चितवनमा भएको दसौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले अपनाएका थिए। उनले पनि केन्द्रीय सदस्यसहित सबै पदाधिकारीको नाम पढेर अनुमोदन गर्न लगाए।

ललितपुरको एक व्यांक्वेटमा बसेको बैठकमा केन्द्रीय सदस्य नारायणकाजी श्रेष्ठले प्रचण्डलाई अध्यक्षमा प्रस्ताव गरका थिए भने अर्का केन्द्रीय सदस्य कृष्णबहादुर महराले समर्थन गरेका थिए । अध्यक्षमा अरुको उम्मेदवारी नपरेको भन्दै ज्येष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

 

Facebook Comments Box
TOP