लोकतन्त्रको मुल मर्म निर्वाचन हो एमाले सचिव अर्याल
नेकपा एमाले केन्द्रिय सचिव, पुर्व मन्त्रि तथा संघिय सांसद पद्मा अर्यालले लोकतन्त्रको मुल मर्म निर्वाचन भएको बताउनुभएको छ । सोमबार प्रेस चौतारी नेपाल स्याङजाको पाँचौ अधिवेसनको उद्दघाटन गर्नुहुँदै सांसद अर्यालले अघिल्लो पटक भएका निर्वाचन यही संविधान अनुसार भएको भन्दै यस पटक संविधान संसोधन गरेर निर्वाचन गर्ने भन्ने विषयले गठबन्धनको सरकार निर्वाचनबाट भाग्न खाजेको बताउनुभयो ।
निर्वाचन पर सार्नु कानुनी प्रश्न होईन राजनितिक प्रश्न भएको भन्दै चुनावबाट विभिन्न पार्टीहरु असुरक्षित महशुस गरेको उहाँको भनाई छ । यही बैखाख मसान्तमा स्थानीय सरकारको समयअवधि सकिने भन्दै चुनावलाई धकेल्नु भनेको देशलाई संकटमा पार्नु भएको भन्दै स्थानीय चुनाव पछि सार्दा जनता मर्कामा पर्ने उहाँले बताउनुभयो ।
साथै उहाँले समाजलाई सूसुचित बनाउने सञ्चार माध्यम तथा पत्रकारहरु स्वतन्त्र हुनुपर्ने बताउनुभएको छ । पछिल्लो समय पत्रकारितामाथि प्रश्न उठिरहेको भन्दै पत्रकारिता क्षेत्रलाई परिर्वतित समय अनुसार परिर्माजन हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद मोहन रेग्मी, एमाले जिल्ला अध्यक्ष पारस गैह्रे, प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष सुष्मा पौडेल, पे्रस चौतारी केन्द्रिय सदस्य हिमलाल पराजुली, नेपाली कागे्रैस जिल्ला उपसभापति केदार काफ्ले, एमाले नगर कमिटि अध्यक्ष शोभाकान्त पौडेल, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रमेश अर्याल, पत्रकार महासंघका जिल्ला उपाध्यक्ष राधाकृष्ण डुम्रेलगायतको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
पाँचौं जिल्ला अधिवेसनका अवसरमा चौतारीले संस्थापक अध्यक्ष र पूूर्व अध्यक्षलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा चौतारीका संस्थापक अध्यक्ष राजेन्द्र डुम्रे, पूर्व अध्यक्ष तथा केन्द्रीय सदस्य हिमलाल पराजुली सम्मानित भएका हुन् । यसैगरी तीनजनालाई पत्रकारिता पुरस्कारबाट पुरस्कृत समेत गरिएको छ । गुप्ततारा स्मृति प्रतिष्ठान पत्रकारिता पुरस्कारबाट कला राना, इन्द्र ईना स्मृति पुरस्कारबाट मोहन सुनार र सुनिल न्यौपानेलाई नगद र सम्मान पत्रले सम्मान गरिएको हो । गुप्ततारा पुरस्कारको राशि १० हजार र इन्द्र ईनाको पुरस्कार राशि ५÷५ हजार रहेको छ ।
कार्यक्रममा अध्यक्ष मुक्ति न्यौपानेले संगठनको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत चौतारीका जिल्ला सदस्य गोपाल जिटिको स्वागत र चौतारीका सहसंयोजक शुसिल सुवेदीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


