स्याङ्जा बाडखोला मुस्लिम समाज गठन

प्रकाश डोटेल/स्याङ्जा :

स्याङ्जा सदरमुकाममा बसोबास गर्दै आएका मुस्लिम समुदायको साझा संस्था स्याङ्जा बाडखोला मुस्लिम समाजको छैटौं साधारण सभा तथा तेस्रो अधिबेसनले नयाँ समिति गठन गरेको छ । अधिबेसनले मुस्लिम मुल समाज र युवाहरुको प्रतिनिधित्व हुने गरी नयाँ समिति गठन गरेको हो ।

भेलाले बाडखोला मुल समितिको अध्यक्षमा हाजी अमिरबक्स मियाँ, उपाध्यक्षमा नुरमोहम्मद मियाँ, सचिवमा नुरेआलम मियाँ र सदस्यमा युसुफदिन मियाँ तथा प्रेमबक्स मियाँलाई चयन गरेको छ । मुल समितिलाई ५ सदस्सीय समिति बनाईएको अध्यक्ष हाजी अमिरबक्स मियाँले जानकारी दिए ।

भेलाले युवाहरुको प्रतिनिधित्व हुने गरि बाडखोला मुस्लिम समाज समेत गठन गरेको छ । जसको अध्यक्षमा मोहम्मद सैदुद्धिन मियाँ, वरिष्ठ उपाध्यक्षमा मजिद मियाँ, उपाध्यक्षमा मुनुरदिन अलि, सचिवमा इक्बाल अलि, सह–सचिवमा अयुब मियाँ, कोषाध्यक्षमा जलालदिन मियाँ र सह–कोषाध्यक्षमा अलिहुसैन मियाँलाई चयन गरिएको छ ।

समाजको सदस्यमा ताहेर मियाँ, तबारक मियाँ, तयुब मियाँ, यर्साद मियाँ, इस्लाम मियाँ, फिरदोस मियाँ र महोम्मद रसिद, मक्बुल अलि, अनुर खान, सागिर अलि, अमिर आलम तथा महिला सदस्यमा सल्मा खातुन र जोहोरा बानु रहेको अध्यक्ष महोम्मद सैदुद्धिन मियाँले जानकारी दिए ।

नुरी ईस्लामिक विद्यालय व्यवस्थापन समिति गठन 

स्याङ्जा सदरमुकामस्थित पुतलीबजार नगरपालिका वडा नं. ३ मा रहेको मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने नुरी ईस्लामिक (इदारा) विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

व्यवस्थापन समितिको अध्यक्षमा अलि मियाँ (मुमु), वरिष्ठ उपाध्यक्षमा निजामदिन मियाँ, उपाध्यक्षमा ईस्माईल मियाँ, सचिवमा शाहखालिद मियाँ, सह–सचिवमा सलीमा बानु, कोषाध्यक्षमा नुर महोम्मद अलि र सह–कोषाध्यक्षमा युसुफ दिन मियाँ रहेका छन् ।

विद्यालय व्यवस्थापन समितिको सदस्यमा कुदरत मियाँ, फारुक शाह, रहीम दिन मियाँ, अहमद दिन अलि, सफीरा बानु, जहुर हुसैन मियाँ र महोम्मद अलि रहेको अध्यक्ष अलि मियाँले जानकारी दिए ।

Facebook Comments Box
TOP