सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो ।

काठमाडौ:
नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९३ हजार ७०० मा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि बुधबार सुन तोलाको ९२ हजार ७०० सयमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुन तोलाको ९३ हजार २०० सय कायम भएको छ । यसैगरी, बिहीबार चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेको छ ।  आज चाँदी १३ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Facebook Comments Box
TOP