सत्तारुढ गठबन्धनका नेताहरु वैशाखमै निर्वाचन गर्न सहमत ।

काठमाण्डौ:
सत्तारुढ गठबन्धनका नेताहरु निर्धारित समयमै (वैशाख) निर्वाचन गर्न सहमत भएका छन् ।

आज मंगलबार बसेको बैठकमा निर्धारित समयमै निर्वाचन गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुनः ६ माघ बिहीबार बस्ने भएको छ ।

बैठकमा कोरोना भाइरसको जोखिम नियन्त्रण तथा रोकथामका विषयमा समेत छलफल भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत उपस्थित भएका थिए ।

तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको अवधि क्रमश ७ असार २०७९, २१ असार २१ र ७ असोजमा सकिँदै छ ।आयोगले १४ र २० वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने गरी सरकारलाई सिफारिस गरिसकेको भए पनि अझै यसबारे निर्णय गरेको छैन ।सत्ता गठबन्धनले चुनाव सार्न लागेको भन्दै निर्वाचन आयोग, नागरिक समाज, प्रमुख प्रतिपक्ष दल नेकपा एमाले, पालिकाका प्रतिनिधिले खबरदारी गर्दै आएका छन् ।

Facebook Comments Box
TOP