पुस २५ गते प्रधानमन्त्री देउवा भारत जाने ।
काठमाण्डौ
प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो पुस २५ गतेदेखि २७ गतेसम्म भारत भ्रमणमा जाने भएका छन् । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको हो । पाचौंपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।
मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री देउवा भारतको गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’मा भाग लिन जाने निर्णय भएको सरकारका एक मन्त्रीले जानकारी दिए ।गुजरात भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्यसमेत हो । भ्रमणका क्रममा नयाँदिल्लीमा देउवा र मोदीबीच द्वीपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसअघि स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिट’मा देउवा र मोदीबीच भेटवार्ता भएको थियो । त्यसक्रममा मोदीले देउवालाई भारत भ्रमणको निम्तो दिएका थिए ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


