आँधीखोला गाउँपालिकाको दशौं गाउँ सभा सम्पन्न ।
स्याङ्जा :
स्याङ्जाको आँधीखोला गाउँपालिको दशौं गाउँ सभा तथा हिउदे अधिबेशन शुक्रबार सम्पन्न भएको छ । गाउँ सभामा चालू आर्थिक बर्ष २०७८÷०७९ को बार्षिक खर्च सम्बन्धी छ्लफल गरिएको छ । सभामा अहिलेसम्म भएका कामहरुको समिक्षा तथा अब सम्पन्न गरिने कामहरुको बारेमा छलफल, बजेट रकमान्तर, बजेट विवरण हेरफेर लगायतका बारेमा समेत छलफल गरिएको गाँउपालिकाका अध्यक्ष सुधीरकुमार पौडेलले जानकारी दिनुभयो । उहाँले छलफल पश्चात बिभिन्न निर्णय गरिएको जानकारी दिनुभयो ।
गाँउसभाले वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, बन व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८, भुमि ऐन २०७८,कर्मचारी व्यवस्थापन गर्न बनेको ऐन २०७८ र विनियोजन बिधेयक ऐनको पहिलो संशोधन २०७८ सर्वसम्मत रुपमा पारित गरेको पालिकाकाका सूचना अधिकृत रोशन लामिछानेले जानकारी दिनुभयो ।

सभामा उठेका सम्पूर्ण प्रश्नहरुको गाउँपालिका अध्यक्ष सुधीर कुमार पौडेलले जबाफ दिनुभएको थियो । सभामा उठेका प्रश्नहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष पौडेलले हालसम्म भएका कामहरु सन्तोषजनक तरिकाले सम्पन्न भएको बताउनु भयो । साथै उहाँले भन्नु भयो ‘हामीले गरेका कामहरुमा कुनैपनि अबरोध र नकारात्मक टीका टिप्पणी नआएका कारण गाउँपालिकाले गरेका बिकास निर्माणका कामहरु उत्कृष्टता पुर्बक सम्पन्न भएका छन ।’ बाँकी रहेका बिभिन्न क्षेत्रमा बिनियोजित गरिएको बजेट चाडै कार्यान्वयनमा आउने पनि उहाँले बताउनुभयो ।
सभामा पालिका उपाध्यक्ष शर्मिला देवी पौडेलले विनियोजन ऐनको पहिलो संसोधन पढेर सुनाउनु भएको थियो ।
आँधीखोला गाँउपालिकाले चार बर्षमा गरेका प्रगती र बाँकी भएका कामहरुलाई कार्यकालको बाँकी अवधीमा सक्ने गरी योजना बनाएको प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले जानकारी दिनुभयो ।


समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


