राष्ट्रियसभा निर्वाचन: स्याङ्जाका अर्जुनकुमार सुनाम सहित गण्डकीमा ६ जनाको उमेद्वारी दर्ता ।
पोखरा
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा तीन पदका लागि ६ जनाको उमेदवारी परेको छ ।
मंगलबार गण्डकी प्रदेशमा सत्ता गठबन्धन र एमालेका गरी ६ जनाको उमेदवारी दर्ता भएको हो । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका कमला पन्त, माओवादीका सुरेश आले मगर र भुवन सुनारले मनोनयन दर्ता गराएका छन ।
एमालेबाट स्याङ्जाका अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता
गराएका हुन । लोकतन्त्रको रक्षाका लागी सत्ता गठबन्धनबाट आफु साझा उमेदवार रहेको कमला पन्तले बताउनुभयो । त्यस्तै, एमालेबाट उमेदवार पुण्यप्रसाद पौडेलले जितनका लागी नै उमेदवारी दिएको बताउनुभयो । राष्ट्रिय सभा चुनावमा राप्रपाबाट उमेदवार छनोट भएको छैन् । त्यसबाहेक गठबन्धनको मतभार एमालेको भन्दाबढी हुने अनुमान छ ।
गण्डकीमा एमालेभन्दा गठबन्धन निकै बलियो देखिन्छ । यसअघि भने बाम गठबन्धन एकातिर हुँदा कांग्रेस एक्लै परेको थियो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


