वालिङमा पुरुष भलिबल प्रतियोगिता सुरु

स्याङ्जा :
स्याङ्जाको वालिङमा पुरुष भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । पिस पोईन्ट युवा क्लब वालिङ १३ को आयोजनमा प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सुरु भएको हो ।
प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै वालिङ नगरपालिकाका नगर उपप्रमुखकल्पना तिवारीले खेलले सामुहिक एकताको सन्देश दिने हुँदा युवाहरुको वृत्ति विकास र स्वास्थ्यका लागि पनि खेल खेल्नु आवश्यकता रहेको बताउनु भयो ।
तिवारीले युवावर्ग देश विकासको मेरुदण्ड भएको बताउदै युवाहरुले गर्ने हरेक कार्यक्रमलाई नगरपालिकाले सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । साथै उहाँले फरक प्रशंगमा वालिङ पिपलटारी देखि झलुङ्गे बजार सम्म जोड्ने सडक स्तरोन्नती चाडै गर्न नगरपालिका लागि परेको जानकारी दिनु भयो ।
पौष ७ गतेदेखि सुरु भएको कार्यक्रम पौष १२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
समाचार
थप सामाग्री
वालिङमा तमु भाषा खेमा लिपि प्रशिक्षण
२ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङमा तमु भाषा सम्बन्धी ३ दिनको प्रशिक्षण शुरु भएको छ । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय…