वालिङमा पुरुष भलिबल प्रतियोगिता सुरु
स्याङ्जा :
स्याङ्जाको वालिङमा पुरुष भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सुरु भएको छ । पिस पोईन्ट युवा क्लब वालिङ १३ को आयोजनमा प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रम सुरु भएको हो ।
प्रतियोगिता कार्यक्रमको उद्घाटन गर्दै वालिङ नगरपालिकाका नगर उपप्रमुखकल्पना तिवारीले खेलले सामुहिक एकताको सन्देश दिने हुँदा युवाहरुको वृत्ति विकास र स्वास्थ्यका लागि पनि खेल खेल्नु आवश्यकता रहेको बताउनु भयो ।

तिवारीले युवावर्ग देश विकासको मेरुदण्ड भएको बताउदै युवाहरुले गर्ने हरेक कार्यक्रमलाई नगरपालिकाले सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । साथै उहाँले फरक प्रशंगमा वालिङ पिपलटारी देखि झलुङ्गे बजार सम्म जोड्ने सडक स्तरोन्नती चाडै गर्न नगरपालिका लागि परेको जानकारी दिनु भयो ।
पौष ७ गतेदेखि सुरु भएको कार्यक्रम पौष १२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


