एमाले गण्डकी प्रदेश ईन्चार्जमा पद्मा अर्याल चयन ।
काठमाडौँ : नेकपा (एमाले)ले प्रदेश कमिटी ईन्चार्जको नामावली टुंग्याएको छ । भक्तपुरमा शनिबार र आइतबार बसेको केन्द्रीय कमिटी बैठकले सातै प्रदेशको ईन्चार्ज तय गरेको हो ।
महासचिव शंकर पोखरेलका अनुसार प्रदेश १ को ईन्चार्जमा देवराज घिमिरे, प्रदेश २ मा रघुवीर महासेठ, वाग्मती प्रदेशको ईन्चार्ज काशीनाथ अधिकारी, गण्डकी प्रदेशको ईन्चार्जमा पद्मा अर्याल, लुम्बिनी ईन्चार्जमा छविलाल विश्वकर्मा, कर्णाली ईन्चार्ज यामलाल कँडेल, सुदूरश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्ट रहेका छन् ।
यस्तै एमाले प्रचार विभाग प्रमुखको जिम्मेवारी उपमहासचिव पृथ्वी सुब्बा गुरुङलाई दिइएको छ । युवा संघको ईन्चार्ज महेश बस्नेत भएका छन् ।
उपमहासचिव प्रदीप ज्ञवालीलाई स्कुल विभाग प्रमुख र खगराज अधिकारीलाई संगठन विभाग प्रमुख बनाउने निर्णय पनि बैठकले गरेको महासचिव पोखरेलले जानकारी दिए । उनका अनुसार प्रदेश पदाधिकारी र केन्द्रीय नेताहरुको कार्यविभाजन पनि बैठकले गरेको छ ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


