एमाले गण्डकी कमिटी-उपाध्यक्षमा स्याङजाका मोहन रेग्मी

काठमाडौं :
नेकपा एमाले ले प्रदेश अधिवेशनसम्मका लागि प्रदेश संगठन कमिटीका पदाधिकारी नियुक्त गरेको छ । एमालेको जारी केन्द्रीय कमिटी बैठकले प्रदेश अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव पदाधिकारी रहने गरी सबै प्रदेशमा नियुक्त गरेको हो । हिजोको केन्द्रीय कमिटी बैठकले माघ ८ गते प्रदेश अधिवेशनको मिति तोकिएको थियो । नयाँ पदाधिकारी आएपछि उनीहरु स्थानान्तरण हुने छ।
यसैवीच गण्डकी प्रदेशको उपाध्यक्षमा स्याङजाका मोहन रेग्मी चयन हुनु भएको छ । उहाँ गण्डकी प्रदेश सभाको सदस्य समेत रहनु भएको छ । Pic-File
गण्डकी
अध्यक्ष – नवराज शर्मा
उपाध्यक्ष – मोहन रेग्मी
सचिव -धनञ्जय दवाडी
सहसचिव – मञ्जु अधिकारी
सहसचिव – रश्मि आचार्य
लुम्बिनी
अध्यक्ष – राधाकृष्ण कँडेल
उपाध्यक्ष – भोजप्रसाद श्रेष्ठ
सचिव – लक्ष्मण आचार्य
सहसचिव – लीला राना
सहसचिव – दुर्गा थारु
प्रदेश नम्बर १
अध्यक्ष – तुलसी न्यौपाने
उपाध्यक्ष – टिक चेम्जोङ
सचिव – चिन्तन पाठक
सहसचिव – धन तामाङ
सहसचिव – शैलेश लामा
प्रदेश नम्बर २
अध्यक्ष – राम अवतार यादव
उपाध्यक्ष – रेवती पन्त
सचिव – डा. कृष्ण पौडेल
सहसचिव – फर्मुद नदाब
सहसचिव – आरती भण्डारी
कर्णाली
अध्यक्ष- विनोद शाह
उपाध्यक्ष – लालबहादुर महतारा
सचिव – कमल शाही
सहसचिव- रुपा शाही
सहसचिव -टेकराज पछाइ
सुदूरपश्चिम
अध्यक्ष- दामोदर भण्डारी
उपाध्यक्ष – कमल तिमिल्सिना
सचिव – धर्मराज पाठक
सहसचिव- बलदेव रेग्मी
सहसचिव -भागिरथी विष्ट
उपत्यका विशेष
अध्यक्ष- प्रेमकुमार पराजुली
उपाध्यक्ष – विदुर कार्की
सहसचिव- उर्मिला सुनुवार
सहसचिव -चन्द्र रिजाल
बागमती प्रदेश
अध्यक्ष – केशव पाण्डे
उपाध्यक्ष – रामहरि सुवेदी
सविच – विजय सुवेदी
सहसचिव – रत्न गुरुङ
सहसचिव – महेश बर्तौला
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…