स्याङ्जा एमाले अधिवेशन : लोगो र नारा सार्वजनिक
भवानी अधिकारी/स्याङ्जा : नेकपा एमालेले जिल्ला अधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । जिल्लाको पर्यटकीय तथा ऐतिहासिक स्थललाई समेट्दै अधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हाे ।
‘जबजको मार्गदर्शन समाजवादको आधार ! रुपान्तरण र समृद्धिमा एमाले हो मूल धार !!’ भन्ने नारा र लोगोमो जिल्लाको श्रवणकुमारको दह र मुलूककै सबैभन्दा ठूलो कालीगण्डकी ए लगायतका ऐतिहासिक स्थल स्याङ्जामै पर्छ भनि चित्रण गरिएको छ ।
नेकपा एमाले स्याङ्जाको आठौं जिल्ला अधिवेशन पुस २३ मा हुने भएको छ । सोही अधिवेशनले जिल्ला नेतृत्व चयन गर्नेछ । अध्यक्ष, उपाध्यक्ष, सचिव, २ उपसचिव सहित १ सय ५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गर्ने जनाइएको छ ।
जिल्ला नेतृत्वहरु अधिवेशनलाई सफलतापूर्वक सम्पन्न बनाउन जुटेका छन् । विभिन्न ७ वटा उपसमिति मार्फत जिम्मेवारी दिईएको छ । प्रतिवेदन लेखन, प्रचार प्रसार, स्वयंसेवक परिचालन, आवास तथा खाजा खाना, मंञ्च ब्यवस्थापन र अतिथि सत्कार उपसमिति बनाइएका छन् ।
स्याङ्जा सदरमुकाममा हुने अधिवेशनको उदघाटन भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल बिधिबाट हुने प्रचार प्रसार उपसमितिका संयोजक राजेन्द्र डुम्रेले जानकारी दिए ।
उनका अनुसार १७ गते वडा, १८ गते पालिका र १९ गते जिल्ला प्रतिनिधि छनौट गरिने छ।
यहाँका ९७ वडा, ११ पालिकामा संगठित सदस्यका आधारमा प्रतिनिधी छनौट हुनेछ । वडामा (खुलातर्फ) ७५ सदस्य बराबर एक जना, महिलामा ५० बराबर १ जना, उत्पीडितमा ३० जना बरावर एक जना प्रतिनिधिको चयन गरिनेछ । एक पालिका बराबर २ महिला सहित ५ जना प्रतिनिधी हुन पाउनेछन् ।
जिल्लाले ३४ जना, २ संघिय निर्वाचन क्षेत्रका ४ मजदूर र अपांग/अल्पसंख्यकगरी जिल्लाभरबाट १५ जना प्रतिनिधि मनोनित गर्न पाउने प्रावधान अनुरुप करिब ७ सय ३० प्रतिनिधी सहभागी हुने प्रतिनिधी व्यवस्थापन उपसमिति संयोजक सुधीर पौडेलले जनाए ।
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


