खेल क्षेत्रलाई व्यवसायीक बनाऔं : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना ।
स्याङ्जा :
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले खेलकुद क्षेत्रलाई व्यवसायीक बनाउनुपर्ने बताउनु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा आयोजित अध्यक्ष कप कालिगण्डकी महोत्सवको मंगलबार उद्घाटन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले खेलकुदलाई व्यवशायीक बनाउन जरुरी रहेको बताउनु भएको हो ।
खेल क्षेत्रबाटै बाच्न सकिन्छ भन्ने बनाउनु पर्ने भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले अन्य पेसा व्यवसायमा जस्तै खेल क्षेत्रबाट पनि आत्मनिर्भर बन्न सकिन्छ भन्ने बनाउन जरुरी रहेको बताउनु भयो
नेपाल भन्दा साना राष्ट्रले खेल क्षेत्रबाट विश्वसामु नाम राख्न सफल भएको उल्लेख गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले खेललाई सम्मानपूर्वक लिन आवस्यक रहेको बताउनुभयो ।

सामुहिक प्रतिस्पर्धाका खेलले एकताको प्रतिक जनाउने पनि उहाँले व्यक्त गर्नुभयो । खेल क्षेत्रमा राजनीतिक गतिविधी गर्नु राम्रो नहुने भन्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले विशुद्ध खेललाई प्राथमिकता दिएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
मंगलबार सुरु भएको अध्यक्ष कप कालिगण्डकी महोत्सवमा भलिबल, पूmटवल तथा क्रिकेट लगायतका खेल समावेस गरिएको कार्यक्रम कालिगण्डकी गाउँपालिकाका अध्यक्ष खिम बहादुर थापाले जानकारी दिनुभयो ।
‘सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका सुरु भएको महोत्सव पुस ७ गतेसम्म सञ्चालन हुनेछ ।


समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


