रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ को १४औँ साधारण साधारण सभा सम्पन्न

वालिङ :
रिद्धिसिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ६ को १४औँ साधारण शनिबार सम्पन्न भएको छ । साधारण सभाको उद्दघाटन गर्नुहुँदै वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले सहकारीको मूल्य मान्यता र सिद्धान्त अनुसार सहकारी अगाडि बढ्न आवश्यक रहेको भन्दै सहकारीले आर्थिक क्षेत्रलाई चलायमान बनाउन र सेयर सदस्यको आर्थिक स्तर उकास्न सहकारीले योजना ल्याउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, कल्पना बस्याल, जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठ, नगरपालिका सहकारी साखा प्रमुख भुवानीप्रसाद तिवरी, उपकार बचत तथा ऋण सहकारीका अध्यक्ष भरतप्रसाद बगालेलगायतले बोल्नुभएको थियो ।
संस्थाका अध्यक्ष मुक्तिप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष नेत्रप्रसाद पाण्डेले स्वागत तथा सञ्चालन सचिव शान्ता थापाले गर्नुभएको थियो । कार्यक्रममा बरिष्ठ व्युटिसियन चुत्राकुमारी थापा दुर्गा लगायत सांस्कृतिक समूह तथा अभियान्ताहरु, उत्कृष्ठ विद्यार्थीहरु, नृत्यकार, जेष्ठ नागरिकलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।
Facebook Comments Box
TOP