रक्षामन्त्री रिजालद्वारा पदबाट राजीनामा ।
काठमाडौं:
रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ ।
नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाउनु भएको हो ।
उहाँले आफू महामन्त्री पदमा भारी मतान्तरणले पराजित भएपछि भावावेशमा नभएर नैतिकताको आधारमा राजीनामा दिएको बताएका हुन्। मतपरिणामको अन्तिम नजिता सार्वजनिक हुनु अगावै उनले फेसबुक र ट्विटरमार्फत् राजीनामा दिन लागेको घोषणा गरेका थिए।
शेखर कोइराला पक्षबाट महामन्त्रीको उम्मेदवार बन्नु भएका रिजालले ८ सय ९ मत प्राप्त गर्नु भएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


