आठ वर्ष जिल्लाको नेतृत्व गरेका पूर्वसांसदद्वारा एमाले परित्याग ।
काठमाण्डौ
पूर्वसांसद तथा एमाले नेता सुवास कर्माचार्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । ८ वर्ष सिन्धुपाल्चोक जिल्लाको नेतृत्व गरेका कर्माचार्यले एमालेसँगको ४ दशक लामो सहकार्य आइतबारबाट समाप्त भएको बताए । ” एमालेमा मूल्यांकन पद्धति पनि ठीक भएन र वैचारिक रुपमा पनि समस्या परेको छु” कर्माचार्यले भने ।
कर्माचार्यले २०५६ देखि ०६४ सालसम्म एमालेको जिल्ला सचिवको रुपमा सिन्धुपाल्चोकको नेतृत्व गरेका थिए । उनी चारपटक एमालेको तर्फबाट साविक सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका थिए । २०५६ सालको आमनिर्वाचनमा कर्माचार्य सांसद निर्वाचित भएका थिए । लामो समयसम्म माधवकुमार नेपाल निकट रहेका उनी पार्टी विभाजनपछि पनि एमालेमै थिए । तर १०औं महाधिवेशनमा केन्द्रीय सदस्यको आकांक्षी थिए ।
कर्माचार्यले एमाले परित्याग गरे पनि कुनै राजनीतिक दलमा जानेबारे आफूले निर्णय गरिनसकेको बताएका छन् ।म सक्रिय वाम राजनीतिमै रहन्छु । सबैका लागि खुला छु । यद्यपि नेकपा एकीकृत समाजवादीतर्फ मेरो पुरानै सम्बन्ध हो, कर्माचार्यले भने । अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको सूचीमा नपरेका कर्माचार्यलाई कतियप नेताहरूले मनोनित गरेर केन्द्रीय सदस्य बनाउने आश्वासन समेत दिएका थिए । तर मंसिरको अन्तिम साता राजधानीमा भएको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीले मनोनयन गरेनन् ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


