नेपाली कांग्रेसको पुर्ननिर्माण: १३ मध्ये ११ नयाँ पदाधिकारी ।
काठमाण्डौ
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएका पदाधिकारीमा दुई जनाबाहेक सबै नयाँ आएका छन्। सबै क्लस्टरका सहमहामन्त्रीको परिणाम आएपछि कांग्रेसका १३ पदाधिकारीको टुंगो लागेको हो।
जसअनुसार सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का पुराना पदाधिकारी हुन भने उपसभापतिमा धनराज गुरूङ, महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव र उमाकान्त चौधरी प्रथम पटक पदाधिकारीमा निर्वाचित भएका हुन्।
निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई सभापतिको प्रस्तावमा केन्द्रीय समितिले अनुमोदन गरेर कोषाध्यक्ष मनोनित गर्ने विधानको व्यवस्था छ। कोषाध्यक्ष पनि कांग्रेस पदाधिकारी हुन्छन्। पदाधिकारीको बैठकमा पार्टी प्रवक्ता पनि सहभागी हुन पाउँछन्।
कांग्रेसको १३ औं महाधिवेशनमा कांग्रेस पदाधिकारी ८ सदस्यीय थियो। सभापति, २ जना उपसभापति, २ जना महामन्त्री, दुई जना सहमहामन्त्री र कोषाध्यक्ष पदाधिकारी थिए।
कांग्रेसको अघिल्लो कार्यसमितिमा सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का र शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री प्रकाशशरण महत र सुनिल थापा थिए।
सभापतिमा लडेका निधि र उपसभापतिमा लडेका गच्छदार पराजित भएका छन्। महामन्त्रीमा उम्मेदवार बनेका प्रकाशशरण महत पराजित भएका छन्। शशांक कोइराला, सीतादेवी यादव र सुनिल थापा यसपालि पदाधिकारीमा उम्मेदवार थिएनन्। सभापति लडेका निधि र प्रकाशमान सिंहले देउवालाई समर्थन गरेका थिए।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


