प्रगती महिला बिकास सहकारीको अध्यक्षमा पुनः तारा अर्याल

स्याङ्जा :
स्याङ्जाको पुतलीवजार ११ मायाटारीमा रहेको प्रगती महिला बिकास सहकारी संस्थाको अध्यक्षमा पुनः तारा अर्याल निर्वाचित हुनु भएको छ । संस्थाको शनिवार सम्पन्न भएको नवौं अधिवेशन तथा १९ औं साधारणसभाले तारा अर्याललाई अध्यक्षमा चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा गंगा अर्याल,सचीवमा सीता अर्याल र कोषाध्यक्षमा भवानी ढकाल भएको छ ।
त्यस्तै सदस्यहरुमा हेमा जिटी,जुना केसी, गीता केसी,राधा रोका,बिष्णु अर्याल र जमुना सेन्चुरी रहनु भएको निर्वाचन समितिका संयोजक तथा गाँउले बचत तथा ऋण सहकारी संस्थाका सचिव याम बहादुर केसीले जानकारी सिदनुभयो ।


यसअघि अधिवेशन तथा साधारणसभाको उद्घाटन गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख सिमा क्षेत्रीले महिलाहरुलाई आर्थिक रुपमा नै सवल बनाउन नगरपालिका लागि रहेको बताउनु भयो । उहाँले भन्नुभयो,‘महिलाहरु शिक्षित,सवल तथा सक्षम बनेमा मात्रै परिवार सुखि र संवृद्ध बन्न सक्छ त्यसैले नगरपालिकाका कार्यक्रम पनि यसैमा केन्द्रित रहेको छ ।’
कार्यक्रममा बोल्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले सहकारीले सदस्यहरुलाई ऋण दिनुका साथै आर्थिक रुपमा सफल र सक्षम बनाउन तर्फ लाग्नु पर्ने बताउनु भयो । महिला सदस्यहरुलाई व्यवशायीक क्षमता अभिवृद्धि गराउने कार्यक्रम सञ्चालन गर्न नगरपालिका र सहकारीलाई अर्यालले आग्रह समेत गर्नु भयो । सफल महिला उद्यमी बनाउन बेलैमा काम शुरु गर्नु पर्ने भन्दै अर्यालले नगरपालिकामा सञ्चालनमा ल्याईएको ईबिक सेन्टरले उद्यमशीलताको प्रवर्धनका लागि सहजीकरण गर्ने बिश्वास समेत व्यक्त गर्नुभयो ।


पुतलीबजार नगरपालिका आर्थिक समितिका संयोजक बावुकाजी जिटीले नगरपालिकाका १४ वटै वडामा उद्यमशीलताका कार्यक्रम सञ्चालन भईरहेको बताउनु भयो । उहाँले युएनडिपीसँगको सहकार्यमा सञ्चालन भईरहेका कार्यक्रमले आर्थिक उपार्जनका क्षेत्रमा महिलाहरुलाई निक्कै ठुलो सहयोग पुर्याईरहेको भनाई राख्नुभयो ।
कार्यक्रममा पुतलीबजार नगरपालिका सहकारी शाखा प्रमुख विष्णु ढकाल,जिल्ला बचत सहकारी संघका अध्यक्ष रविन्द्र श्रेष्ठ,कार्यवाहक वडा अध्यक्ष मनोज पौडेल,भूमिजंग केसी,नेपाल बार एसोसिएसनका प्रकाश अर्याल लगायतले बोलेका थिए । कार्यक्रममा गाँउले बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खेमनारायाण अर्याल, उपाध्यक्ष तथा समाजसेवी डाँसी नारायाण पौडेल लगायतले सहकारीका बिभिन्न बिषयमा आफ्नो भनाई राख्नु भएको थियो ।
साधारणसभाका अवसरमा युएनडिपीका प्रादेशिक प्रमुख सुदिप अर्याललाई बिशेष सहयोगका लागि सम्मान गरिएको थियो भने सहकारीको कर्मचारीहरु भेषम अर्याल र मिना अर्याललाई कार्य प्रगतीका लागि सम्मान गरिएको थियो । यस्तै जेष्ठ नागरिक तुलसी केसीलाई पनि सम्मान गरिएको थियो ।

नवनिर्वाचित अध्यक्ष तारा अर्याल
Facebook Comments Box
TOP