मेरो निर्वाचन क्षेत्र तथा मेरो कर्म भूमि बहादुरगंजमा उहाँको स्वागत तथा अभिनन्दन गर्न चाहन्छु,’
सङ्घीय संसद शाहको उच्च राजनैतिक सस्कार झल्कियो, सम्मान अझ बढ्यो जनता…..
कपिलवस्तु :
आफ्ना नेतालाइ नेता गन्ने अर्को पार्टीको मान्छे आउदा बिरोध गर्ने सस्कार हावी भै रहेको बेला कपिलवस्तुका नेपाली कांग्रेसका युवा नेता एव क्षेत्र न ३ का साम्सद अभिषेक प्रताप शाहले अरु भन्दा फरक र फराकिलो सोच राख्दै आफु निर्वाचित क्षेत्रमा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने घोषणा गरेका छन् । यसले अभिषेक प्रताप शाहको उच्च राजनैतिक सस्कार झल्केको छ । शाह एक खानदानी परिवारका नेता हुन् उहाँको परिवारमा बाजे स्वर्गीय गया प्रसाद शाह(२००६ सालको जुद्द सम्सेर जबराको पालामा खाद्य एव रसद अध्यक्ष “मन्त्रि”) देशमा राणा सासन हुदा सिक्षामा खडेरी परेको बेला राणा तानासाहीको बिद्रोह गरि कपिलवस्तुमा श्री राम गोर्खा स्कुलको स्थापना गरि आम जनताले सिक्षा दिक्षा पाउन पर्छ भन्ने कुरालाइ अघि सारि बिद्यालय स्थापना गरि राणाको सिक्षामा रहेको एकाधिकार तोडेका थिए । त्यसका साथै उहाको हजुरबुवा २०१५ सालमा विपी कोइराला मन्त्रिमण्डलको अर्थ राज्य मन्त्रि हुनु भएको थियो र उहाँले नै नेपालको पहिलो लोकतान्त्रिक बजेट संसदमा प्रस्तुत गर्नु भएको थियो बजेटमा पहिलो पटक आम जनतालाइ सम्बोधन गरिएको थियो उहाँ विपी कोइराला मन्त्रिपरिषद्को सबैभन्दा बढी सिक्षित मत्री हुनुहुन्थ्यो । त्यति मात्र सिमित रहेन उहाको बुवा स्वर्गीय अजय प्रताप शाहको पनि नेपालको राजनीतिक क्षेत्रमा निकै ठुलो भूमिका रहेको छ । जन मानसमा उहाँको लोकप्रियता र जनताको दुख बुज्ने अभिषेक प्रताप शाह आफु २५ औ वर्षको उमेरमा पहिलो पटक संसद बनि नेपालका कान्छो सभासद् हुनुन्थ्यो र अहिले पनि पटक जन निर्वाचित संसद हुनुन्छ ।
‘कपिलवस्तुमा भोलि पूर्वप्रधानमन्त्री केपी ओली आउँदै छन् । मेरो निर्वाचन क्षेत्र तथा मेरो कर्म भूमि बहादुरगंजमा उहाँको स्वागत तथा अभिनन्दन गर्न चाहन्छु,’ शाहले भनेका छन् । शाहले यसअघि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि कपिलवस्तु आउँदा आफ्नै निवासमा स्वागत गरेका थिए । आधिखोला खबरले प्रतिपक्ष नेता आफ्नो जिल्लामा आउदा अरु राजनैतिक दलका नेताहरुले कालो झन्डा देखाउने बिरोध गर्ने गर्दा किन तपाई स्वागत गर्न किन तम्सिएको भनेर प्रश्न गर्दा उहाँले “तपाई यो कुरा गलत गर्दै हुनुहुन्छ हेर्नुस केपी ओली हाम्रो देशको रास्ट्रिय नेता हो उहाँ फरक सिद्धान्त बोकेको फरक नेता भए पनि अतिथिलाइ स्वागत गर्नु हाम्रो सस्कार हो “अतिथि देव भव” भन्ने कुरा नै छ त्यसैले उहाको स्वागतमा कुनै कसर न छाड्न र केहि कुराको कमि हुन् नदिन समेत भनेको छन् । उनले आफ्ना कार्यकर्तालाइ संयम भै अतिथिको सम्मान गरि उच्च राजनैतिक सस्कार प्रस्तुत गर्न आग्रह गरेका छन् ।
प्रकासित समाचारमा केहि नामको विषयमा खण्डन भएकोले नाम हटाईएको छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


