नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन शुरु
काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन आइतबारबाट शुरु भएको छ ।
राष्ट्रिय सम्मेलनबाट महाधिवेशनमा रुपान्तरित सम्मेलनको नेपाल प्रज्ञा प्रतिष्ठानमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको हो ।
महाधिवेशनको उद्घाटन सत्रलाई ले विभिन्न दलका शीर्ष नेताहरुले सम्बोधन गर्नु भएको छ । माओवादी केन्द्रको महाधिवेशनबाट पार्टीमा १५ पदाधिकारी सहितको केन्द्रीय समिति रहने निर्णय केन्द्रीय समिति बैठकले गरेको छ ।
योसँगै माओवादी पनि बहुपदीय व्यवस्थामा जाने भएको हो । जसअनुसार अब पार्टीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उप महासचिव, तीन सचिव र एक जना कोषाध्यक्ष रहनेछन् ।
केन्द्रीय समिति भने २९९ सदस्यीय हुनसक्ने नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । केन्द्रीय कमिटीको तर्फबाट समितिमा रहनेहरुको नामावली हलमा पेश गरिने र सहमति नबने मात्र मतदानमा जाने उहाँको भनाइ छ । केन्द्रीय समितिमा पेश गरिएको अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रस्तावमा पनि एकै पटक महाधिवेशनमै छलफल गराइने छ ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
३ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …