कांग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित
काठमाडौं :
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनु भएको छ । एको दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनु भएकाे हाे ।
दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत प्राप्त गर्नु भएकाे थियाे भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत प्राप्त गर्नु भएकाे थियाे । ३५ मत भने बदर भएको छ ।
पहिलो चरणको मतदानमा ४ हजार ६ सय ७९ मत खसेकामा हिजो दोस्राे चरणमा घटेर ४ हजार ५ सय ७४ मत मात्रै खसेको थियो । पहिलो चणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणमा देउवा विरुद्ध उभिएका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई सहयोग गर्ने निर्णय गरेपछि उनको जितको आधार तयार भएको थियो ।
विसं २००३ साल जेठ महिनामा डडेलधुरामा जन्मनुभएका देउवा काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दोस्रो अध्यक्ष बन्नुभएको थियो । देउवाले नेविसंघमा करिब १० वर्ष नेतृत्व गर्नुभयो । पार्टी राजनीतिमा सुरुमा गिरिजाप्रसाद कोइरालाले अघि बढाएका देउवाले पोखरामा सम्पन्न पार्टीको १० औं महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिनुभएको थियो ।
२०५९ सालमा देउवाको नेतृत्वमा काँग्रेस विभाजन भएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनेको थियो । उक्त पार्टीको ११ औं महाधिवेशनमा उहाँ सर्वसम्म सभापति चयन हुनुभयो । २०६४ मा देउवा नेतृत्वको पार्टीले कांग्रेससँग एकता ग¥यो । एकतापछिका १२ औं महाधिवेशनमा देउवा सुशिल कोइरालासँग पराजित हुनुभयो ।
२०७२ सालमा भएको तेह्रौँ महाधिवेशनमा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको पार्टी सभापतिमा निर्वाचित हुनुभयो । देउवाले अहिले पाँचौ पटक प्रधानमन्त्री भएर मुलुक हाँकीरहेको अवस्था छ । समीकरण निर्माणमा खप्पिस देउवाले कांग्रेसको पहिलो, दोस्रो, तेस्रो र चौंथो पुस्ताको टीम बनाएर १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


