कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी
बुटवल :
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका अमरसिंह पुन विजयी भएका छन्। सोमबार बिहान सकिएको मतगणनाअनुसार पुनले ८५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्।
पुनका निकटतम प्रतिस्पर्धी सभापति शेरबहादुर देउवा पक्षका भरतकुमार शाहले ७६७ मत ल्याएका छन्। शाहलाई ८५ मतान्तरले पराजित गर्दै पुन लुम्बिनीको पहिलो सभापति बन्न सफल भएका हुन्।
प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि पुन प्यानलकै निर्वाचित भएका छन्। उपसभापतिमा पुन समूहका भुवनप्रसाद श्रेष्ठ र शाह समूहका राजु खनाल निर्वाचित भएका छन्। श्रेष्ठले ८४७ मत प्राप्त गरेका छन भने खनालले ७९२ मत प्राप्त गरेका छन्।
महामन्त्रीमा पनि पुन समूहकै विक्रम खनाल र सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन्। खनालले ८४४ र आचार्यले ८३९ मत प्राप्त गर्दै विजयी भएका छन्।
त्यसैगरी सहमहामन्त्रीमा पनि पुन प्यानलकै विष्णु खनाल मुस्कान र खगराज पाण्डेय विजयी भएका छन्। खनालले सर्वाधिक ८६९ मत प्राप्त गरेका छन् भने पाण्डेयले ७७६ मत प्राप्त गरेका छन्।
महिला सहमहामन्त्रीमा पनि पुन प्यानलकै नीमा गिरी विजयी भएकी छन्। उनले ८३० मत प्राप्त गरेकी छन्। प्रदेश अधिवेशनमा १ हजार ६३१ मत खसेको थियो।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


