कांग्रेसको १४ औं महाधिवेशनको पोष्टर सार्वजनिक ।

काठमाडौँ
सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवाले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको आधिकारिक पोष्टर सार्वजनिक गरेका छन । बिहीबार प्रदेश अधिवेशनको उद्घाटन गर्दै पार्टीको महाधिवेशनको आधिकारिक पोष्टर सार्वजनिक गरिएका हो ।
पोष्टरमा महाधिवेशनको नारामा समेत राखिएको छ । कांग्रेसको यो महाधिवेशनको नारा ‘उत्साह, एकता, रुपान्तरण, सफल बनाऔं नेपाली’ राखेको छ ।
महाधिवेशनका लागि पोष्टर सार्वजनिक गरिएको प्रचार प्रसार समितिका सचिव दिनेश थापामगरले जानकारी दिए । ‘यो नै हाम्रो महाधिवेशनको पोष्टर हो । हामीले पार्टीको झण्डा र चुनाव चिन्हमात्रै होइन, नेपालको नक्सा र राष्ट्रिय झण्डालाई पनि त्यसभित्र समेटेका छौं । साथै, कांग्रेसका पूर्वज नेताहरू र हाम्रा आदर्श सिद्धान्तहरूलाई पोष्टरमा समेटेका छौँ,’ थापामगरले भने ।
यही मंसिर २४ गतेदेखि काठमाडौंमा कांग्रेसको १४औं महाधिवेशन हुँदैछ ।
समाचार
थप सामाग्री
महिलालाई उत्पादनमा जोड्न बाख्राका पाठापाठी वितरण ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जाको वालिङ नगरपालिका–२ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी उपहार स्वरुप वितरण गरिएको छ । स्थानीय तिलडाँडा…