गल्याङ जेसीजको अध्यक्षमा विष्णु अधिकारी
गल्याङ :
गल्याङ जेसीजका लागि २०२२ को अध्यक्षमा विष्णु अधिकारी निर्वाचित हुुन भएको छ ।
आज सम्पन्न शाखाको चौथो साधारणसभाले अधिकारीलाई सर्वसम्वत अध्यक्षमा निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा खगेन्द्र भण्डारी, प्रकाश भुषाल, उपाध्यक्षहरुमा विष्णु भण्डारी, नेत्र अर्याल, हिमाल न्यौपाने र डोलराज खनाल निर्वाचित भएका शाखा निवर्तमान अध्यक्ष तथा निर्वाचन समितिका सदस्य दर्वेन्द्रदेव खनालले बताउनु भयो ।
शाखाका अध्यक्ष गोपिकृष्ण रेग्मीको सभापतित्व तथा शाखाका संस्थापक अध्यक्ष शिवप्रसाद खनालको प्रमुख आथित्यता सम्पन्न कार्यक्रममा मातृ शाखा वालिङ जेसीजका अध्यक्ष विश्वास लम्सालको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।
समाचार
थप सामाग्रीगरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण
१ हप्ता अगाडि
पाेखरा : गरिमा विकास बैंकको अध्यक्षमा दिलिप प्रताप खाँण निर्वाचित हुनुभएको छ । सोमबार बैंकको पोखरामा भएको १८ औं साधारणसभा…