जिल्लास्तरीय बीउ बिजन अन्तरक्रिया कार्यक्रम

वालिङ :
स्याङ्जाको वालिङमा मंगलबार जिल्लास्तरीय बीउ बिजन अन्तरक्रिया कार्यक्रम गरिएको छ । कृषि विकास श्रोतकेन्द्र वालिङको आयोजनामा वालिङ १ त्रियाशीमा जिल्लास्तरीय बीउ बिजनसम्बन्धी छलफलसँगै बीउ बिजन समन्वय समिति समेत गठन गरिएको छ ।
विभिन्न प्रजातिका खाद्यान्न बाली, तरकारी बाली तथा फलफूल बालीको बीउ उत्पादन गर्ने र जिल्लालाई बीउमा आत्मनिर्भर बनाउने मुख्य उद्देश्यसहित अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख बिनोद हमालले किसानहरुलाई गुणस्तरीय बीउ उत्पादनतर्फ अग्रसर हुन आग्रह गनुहुँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले विभिन्न प्रजातिका बीउहरुको उत्पादनमा जोड दिंदै जिल्ला र समग्रमा गण्डकी प्रदेशलाई नै बीउमा आत्मनिर्भर बनाउनतर्फ लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई स्याङ्जाका प्रमुख माधब लम्साल, युएनडिपी परियोजना वालिङका कार्यक्रम संयोजक राधाकृष्ण डुम्रे, किसानहरु खेमनारायण चापागाई, सीता पुरी, रुमलाल कडेल लगायतले बीउ उत्पादनको संभावना, अवसर र चुनौतिकाबारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
जिल्लामा विभिन्न समूह तथा सहकारीहरुले बीउहरु उत्पादन गर्दै आएको तर यहाँका किसानले बाहिरी जिल्लाबाट बीउहरु आयात गर्नुपर्ने अवस्थामा यहाँका किसानहरुलाई अन्तरक्रियाको माध्यमबाट थप बीउ उत्पादन तथा खपतमा सहजता होस् भन्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको कृषि विकास श्रोतकेन्द्र वालिङका प्रमुख सुदीप रेग्मीले बताउनुभयो ।
कार्यक्रममा जिल्लास्थित कृषिसँग सम्बन्धित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, ब्यवसायिक किसान, सहकारी तथा समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…