कांग्रेसको बाँकी १६ जिल्लाको अधिवेशन पुस २७ मा ।

काठमाण्डौ:
नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशनको मिति पुस २७ गतेका लागि तय गरेको छ।

सोमबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले  बाँकी १६ जिल्लाको अधिवेशन उक्त मितिमा तोकेको हो।

सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरको अधिवेशन हुन बाँकी छ।

Facebook Comments Box
TOP