१४ औं महाधिवेशन अपडेट: शशांक कोइरालाको मत सबैभन्दा धेरै ।

काठमाण्डौ:
नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य छान्न अहिले खुलातर्फका ३५ जनाका लागि मतगणना भइरहेको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा भइहरेको मतगणनामा आइतबार दिउँसोसम्म २९९३ मत गणना भइसकेको छ।
झन्डै तीन हजार मतगणना हुँदा सबैभन्दा बढी मत केन्द्रीय सदस्यका उम्मेदवार शशांक कोइरालाले पाएका छन्। उनले २४४२ मत पाएका छन्।
कोइरालापछि रहेका एनपी साउँद १८९६, बालकृष्ण खाण १८५१, उदयशमशेर राणा १८०८, रमेश लेखक १७८२, शंकर भण्डारी १७७१ र रामहरि खतिवडा १७७० मत पाएका छन्। ३५ औं नम्बरमा रहेका कृष्णकिशोर घिमिरेले ११ सय मत पाएका छन्।३६ औं नम्बरमा रहेका मनोजमणि आचार्यले १०५५ मत पाएका छन्।
कांग्रेसमा खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था छ।
समाचार
थप सामाग्री-
आमा औसीको अवसरमा बुद्धाश्रममा सामग्री वितरण र गण्डकी कोटिहोममा महायज्ञको उत्साह
-
गण्डकी कोटिहोम महायज्ञ प्रचारका लागि साइकल र्याली सम्पन्न
-
व्यवहार परिवर्तनका लागि महिलाहरुलाई ‘हेफर आधारशिला’ तालिम ।
-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
४ हप्ता अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारी ठगीको मुद्दा थुनामा पठाउन उच्च अदालत तुलसीपुरको बुटवल इजलासले आदेश दिएको…