युएनडिपीद्धारा भीरकोट नगर अस्पताललाई सुविधासम्पन्न बेड हस्तान्तरण ।
वालिङ,पुस १५ गते :
संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम युएनडिपीले भीरकोट नगर अस्पताललाई सुविधान सम्पन्न शैया (बेड) प्रदान गरेको छ । युएनडिपीका गण्डकी तथा लुम्विनी प्रदेश प्रमुख सुदिप अर्यालले भीरकोट नगर प्रमुख छायाराम खनाललाई बेड हस्तान्तरण गर्नुभएको हो ।
बेड ग्रहण गर्दै नगरप्रमुख खनालले छिट्टै शुरु हुन लागेको डाईलाईसिसको लागि सुविधा सम्पन्न बेड निक्कै प्रभावकारी हुने बताउनु भयो । साझेदार संस्थाहरुको सहयोगले भीरकोट नगर अस्पतालमा निक्कै परिवर्तन आएको भन्दै प्रमुख खनालले सेवा प्रवाह बृद्धि सँगै थप सहयोगको अपेक्षा रहेको बताउनु भयो । नगरपालिकाले बिशेष ध्यान दिएर नगर अस्पताललाई उत्कृष्ट बनाउने प्रयास गरिरहेको उहाँले जानकारी दिनुभयो ।

बेड अस्तान्तरण गर्दै युएनडिपीका प्रादेशिक प्रमुख अर्यालले बिरामीले सहज र सरल रुपमा सेवा प्रवाह होस् भनेर नै सहकार्य गरेको बताउनु भयो । नगर अस्पताललाई नमुना अस्पताल बनाउन सबैको सहकार्य आवश्यक रहेको स्पष्ट पार्नु भयो ।
कार्यक्रम भीरकोट नगर उमप्रमुख सीमा केसी कर्माचार्य,प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुषाल, अस्पतालका डाक्टर मुक्त बगाले,समाजसेवी तारा अर्याल लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा युएनडिपीका तर्फबाट सुदिप अर्यालले भीरकोट नगरपालिकामा जडान गरिएको सोलारको अनुगमन तथा निरिक्षण समेत गर्नु भएको थियो ।

नगरप्रमुख छायाराम खनाल, युएनडिपीका सुदिप अर्याल लगायत
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


