भीरकोट जेसीजको अध्यक्षमा कृष्ण पौडेल निर्वाचित

भीरकोट :
भीरकोट जेसीजको चौंथो वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनबाट वर्ष २०२२ को अध्यक्षमा कृष्ण पौडेल निर्वाचित हुनुभएको छ।  साधारण सभाबाट सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत निर्वाचित भएको निर्वाचन संयोजक अमृत अर्यालले जानकारी दिनुभयो।

अधिवेशनबाट कार्याकारिणी उपाध्यक्षमा शिव प्रसाद खनाल र सृजना गौतम निर्वाचित हुनुभएको छ। उपाध्यक्षमा रिबन कुमार विश्वकर्मा, रूद्र ढुंगाना, बिमला रेग्मी श्रेष्ठ र  ज्योती थापा निर्वाचित हुनुभएको छ।

साधारण सभाले वर्ष २०२१ अध्यक्ष जेसी प्रसुन मगर,महासचिव जेसी कृष्ण पौडेल र कोषाध्यक्ष जेसी शिव प्रसाद खनालले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ।

अध्यक्ष कृष्ण पौडेल

 

Facebook Comments Box
TOP