स्याङ्जामा ट्याक्टरबाट खसेर ट्याक्टर कै कामदारको मृत्यु ।

accident

स्याङ्जा :
स्याङ्जाको वालिङमा ट्याक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ । भकुण्डेबाट वालिङ तर्फ जाँदै गरेको लु ४ त ९१६० नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरका कामदार वालिङ १० का २७ वर्षीय विशाल बिक को मृत्यु भएको हो ।
वालिङ नगरपालिका–८ केदारनाथ मन्दिर नजिकै बिक ट्याक्टरबाट खसेर घाईते भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ । बिकको गर्हौ प्राथमिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments Box
TOP