आँधीखोला गाउँपालिकामा शैक्षिक सप्ताह सम्पन्न

स्याङ्जा :

माध्यामिक तह स्तरिय छात्र छात्रा भलिबल खेल र अन्य विभिन्न छ विधाका अतिरिक्त क्रियाकलाप सम्पन्न स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिकामा शैक्षिक सप्ताह सम्पन्न भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत माध्यामिक तह स्तरिय छात्र छात्रा भलिबल खेल र अन्य विभिन्न छ विधाका अतिरिक्त क्रियाकलापहरु सम्पन्न भएका छन । मंसिर २९ गते भएको समापन र पुरस्कार वितरण कार्यक्रम गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलको अध्यक्षतामा गाँउपालिकाका कर्मचारी, जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधि साथै शिक्षक विद्यार्थीहरुको उल्लेखिय उपस्थितिमा सञ्चालन भएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष सुधिर कुमार पौडेलले खेलकुद र अतिरिक्त रचनात्मक क्रियाकलापले विद्यार्थीको शारिरिक साथै सृजनात्मक क्षमतामा अभिवृद्वि गर्दै थप अनुशासित बनाउदै लैजाने बताउनुभयो । खेलकुद तर्फ आँधीखोला गाउँपालिका भित्रका माध्यमिक तह स्तरीय छात्र तथा छात्राहरुको सहभागिता रहेको थियो ।

सो प्रतियोगितामा छात्रतर्फ प्रथम त्रि शहीद नमुना मा वि, पञ्चमूल भएको छ भने द्वितिय श्रवण मा वि बाङसिङ र तृतीय जनप्रदीप मा वि चिलाउनेबास भएका छन् । त्यस्तै छात्रातर्फको प्रतियोगितामा प्रथम स्थान श्रवण मा वि ले र द्वितिय स्थान जनप्रदिप मा.वि ले हासिल गरेको जानकारी आँधीखोला गाउँपालिकाका सुचना प्रविधि अधिकृत रोशन लामिछानेले बताउनुभयो ।

त्यसै गरी मंसिर २९ गते सञ्चालन भएको विविध अतिरिक्त क्रियकलाप अन्तरगत हाजिरी जवाफ तर्फ श्रवण मा वि प्रथम, त्री शहिद नमुना मा. वि. द्वितिय र प्रधुम्न पनेरु मा. वि. तृतिय भएका छन । त्यस्तै नेपाली हिज्जे मा प्रधुम्न पनेरु मा. वि. प्रथम, त्री शहिद नमुना मा. वि. द्वितिय र जनप्रिय मा. वि. तृतिय भएका छन । अंग्रेजी हिज्जे प्रतियोगितामा जनप्रदिप मा.वि. प्रथम, भगवती मा.वि. द्वितिय र त्रि शहिद नमुना मा.वि. तृतिय भएका छन । नेपाली श्रृतिलेखन मा जनप्रदिप मा. वि. कि स्वस्थानी सापकोटा, शारदा मा.वि. कि आकृति ढकाल र त्रि शहिद नमुना मा.वि. कि सृष्टि ढकाल क्रमस प्रथम, द्वितिय र तृतिय भएका छन ।

अंग्रेजी श्रृतिलेखनमा प्रधुम्न पनेरु मा. वि का सबिन भुजेल प्रथम, जनप्रदिप मा. वि. कि सम्पन्न पोख्रेल द्वितिय र शारदा मन्दिर मा.वि. कि रोशनी ढकाल तृतिय भएका छन् । चित्रकला प्रतियोगितामा जनहित मा.वि. कि डिम्पी गुरुङ्ग, शारदा मन्दिर मा.वि. कि सिम्रन ढकाल र जनहित मा.वि. का विकास नेपाली क्रमश प्रथम, द्वितिय र तृतिय भएका छन । विद्यालय स्तरबाटै खेलाडिहरु उत्पादन गर्ने उद्देश्य अनुरुप सञ्चालन गरिएको प्रतियोगिताबाट धेरै विद्यार्थी खेलाडिहरुको प्रतिभा देखिएको र उनीहरुले आफुलाई निखार्ने अवसर पाएको कुरा समापन कार्यक्रममा बोल्दै उपाध्यक्ष शर्मिला देवी पौडेलले बताउनुभयो ।

Facebook Comments Box
TOP