वालिङमा सञ्चालित भलिवल प्रतियोगिताको उपाधी आँधीखोला पीसयुथ क्लवलाई ।

वालिङ :
वालिङ १० मा रहेको दीपज्योती युवा क्लवको आठौं बार्षिक उत्सवका अवसरमा आयोजना गरिएको क्लव स्तरीय भलिवल प्रतियोगिताको उपाधी बयरघारीको आँधीखोला पिस युथक्लवले जितेको छ । आज भएको फाईनल खेलमा आयोजक दीपज्योती युवा क्लवलाई पराजित गर्दै नगद रु ५० हजार,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । दोस्रो भएको आयोजक दीपज्योती युवा क्लवले नगद रु २५ हजार शिल्ड,मेडल प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै तेस्रो भएको वालिङ भलिवल क्लवले रु १५ हजार पाएको छ ।
पुरस्कार बितरण गर्दै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले खेलले एक आपसमा सहकार्यको भावना बृद्धि गर्ने बताउनु भयो । युवाहरुको सक्रियतामा बिभिन्न सामाजिक कार्य भईरहको भन्दै उपप्रमुख तिवारीले युवा नै राष्ट्र निर्माणको आधार भएको बताउनु भयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी आँधीखोला पिसका दिपक अधिकारी,उत्कृष्ट डिफेन्डर वालिङ भलिवल क्लवका ईश्वर गुरुङ,उत्कृष्ट ब्लकर आँधीखोला पिस युथका सुरज खाँण,बेस्ट स्पाईकर वालिङ भलिवल क्लवका गेन बहादुर बुढाथोकी र बेस्ट सटर आँधीखोला युथ क्लवका सन्तोष गुरुङ घोषित भएका प्रतियोगिताका संयोजक श्याम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा नम्वर १० का अध्यक्ष अनन्तराज गैह्रे,नेपाली काँग्रेस नगरसभापति नेत्र प्रसाद पाण्डे,राष्ट्रिय जनमोर्चाका अध्यक्ष राजेन्द्र प्रसाद गैह्रे, शिक्षाविद तथा समाजसेवी हिमनिधी पंगेनी,क्लवका सचिव भरत पंगेनी लगायतले बोलेका थिए ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी आँधीखोला पिसका दिपक अधिकारी,उत्कृष्ट डिफेन्डर वालिङ भलिवल क्लवका ईश्वर गुरुङ,उत्कृष्ट ब्लकर आँधीखोला पिस युथका सुरज खाँण,बेस्ट स्पाईकर वालिङ भलिवल क्लवका गेन बहादुर बुढाथोकी र बेस्ट सटर आँधीखोला युथ क्लवका सन्तोष गुरुङ घोषित भएका प्रतियोगिताका संयोजक श्याम नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
क्लवका अध्यक्ष खीम बहादुर झेडी मगरको सभापतित्वमा भएको कार्यक्रममा स्वागत सचिव भरत पंगेनीले गर्नु भएको थियो सञ्चालन जंग बहादुर गुरुङले गर्नु भएको थियो ।
प्रतियोगिताका वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले उद्घाटन गर्नु भएको थियो ।

Facebook Comments Box
TOP