भीरकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम प्रकाशनमा ल्यायाे ।
स्याङ्जा :
भीरकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम प्रकाशनमा ल्याएको छ। भीरकाेट नगरपालिकाले कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम शिक्षकको हातमा र पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन सफल भएको छ ।
यो पाठ्यक्रम निर्माणकार्यको जिम्मेवारी साभ नेपालले लिएको र निर्माणकार्यका लागि साभ नेपालका अध्यक्ष डा. तुलसी प्रभास खनाल खटिएका थिए उनले यो कार्यका लागि भीरकोटको सबै वडाको भ्रमण गरि त्यहाँको साँस्कृतिक, प्राकृतिक, भौगोलिक, कला भाषा भेषभूषा एवं परम्परा, कृषि पशुपालन विभिन्न ब्यबसायका अनुभव अनुभूतिको संगालो गर्दै विभिन्न विद्धावन् शिक्षक एवं लब्ध प्रतिष्ठित व्यक्तित्वको राय सल्लाह र सुझावका आधारमा तयार पारिएको हो ।

उक्त पाठ्यक्रमको प्रबोधीकरण साेमवार र मगलवार २ दिन हुने भएको छ । साेमवार १- ५ चलेका कक्षाहरुका शिक्षाकहरुलाई दिइएको थियोे । सो सेमीनारमा नगरप्रमुख छायाराम खनालले यो पाठ्यक्रमलाई आलोचना भन्दा समालोचना गरिदिन आग्रह गरेका थिए भने शिक्षा शाखा प्रमुख विष्णु कोइरालाले पाठ्यक्रमलाई सहि रुपले लागू गर्नुपर्ने कुरामा जोड दिएका थिए र वि. नि. नवीन थापाले पाठ्यसामग्रीमा भएका कुरालाई मात्रै नभै शिक्षकले आफूले थप कुराहरु सिकाउन सकिने कुरा व्यक्त गरेका थिए ।
साभ नेपालका अध्यक्ष एवं पाठ्यक्रम निर्माणकर्ता डा. तुलसी प्रभास खनाल,लेखक युवराज पौडेल र त्रिभुवन विश्वविद्यालयका सह – प्राध्यापक गिरिराज उपाध्यायले प्रशिक्षण एवम् सहजीकरण गरेका थिए।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


