एमाले महाधिवेसन : २४ प्रतिनिधिका लागि स्याङ्जाका ८९ जनाको उमेदवारी

वालिङ : नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेसनका लागि ८९ जनाले उमेदवारी दिएका छन् । राष्ट्रिय महाधिवेसन प्रतिनिधिका लागि स्याङ्जाबाट २४ जना जान पाउने छन् । एमाले स्याङ्जामा बिहिवार भएको राष्ट्रिय महाधिवेसन प्रतिनिधिका लागि उमेदवारी दर्ता भएको थियो । २४ जना राष्ट्रिय महाधिवेसन प्रतिनिधिका लागि ८९ जनाले उमेदवारी दर्ता गराएको नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेसन निर्वाचन समितिका सदस्य यादवराज शर्माले जानकारी दिए ।
एमालेको जिल्लाभर १३ हजार ६ सय ४८ संगठित सदस्य रहेका छन् । दुई क्षेत्रबाट चुनिने राष्ट्रिय महाधिवेसन प्रतिनिधिका लागि नेकपा एमाले स्याङ्जाले सदरमुकाम पुतलीबजारमा उमेदवारी दर्ता गर्ने प्रक्रिया गरेको थियो । निर्वाचन समिति शर्माका अनुसार स्याङ्जा क्षेत्र नं. १ बाट खुलामा ३७ र महिलाबाट ९ जनाले राष्ट्रिय महाधिवेसन प्रतिनिधिका लागि उमेदवारी दर्ता गराएका छन् । खुलाबाट ७ र महिलाबाट ३ जना निर्वाचित हुने एमालेको विद्यानमा उल्लेख छ । क्षेत्रबाट १० जना राष्ट्रिय महाधिवेसनका लागि निर्वाचित हुने छन् । त्यसका लागि ३६ जना उमेदवार बाहिरिनुपर्ने छ ।
त्यसै गरी क्षेत्र नं. २ बाट खुलामा २९ जना र महिलाबाट ९ जनाले उमेदवारी दर्ता गरेका छन् । क्षेत्र नं. २ बाट १० जना निर्वाचित हुनुपर्ने छ । त्यसका लागि २८ जना बाहिरीनु पर्ने छ । जिल्लाभर उत्पिडित वर्गबाट ४ जना प्रतिनिधिका लागि ५ जनाको उमेदवारी दर्ता भएको छ । सर्वसहमतिय प्रणालीबाट अधिवेसन सम्पन्न गर्ने नीति लिएको नेकपा एमालले राष्ट्रिय महाधिवेसन प्रतिनिधिमा पनि सहमतिको प्रयासबाट टुङ्गाउने बताइएको छ । शुक्रवार १० बजेसम्म दावी विरोध र साझ ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । भोली साझ सम्म सहमति नभएमा शनिवार सबै पालिकामा निर्वाचन गर्ने तयारी भएको निर्वाचन सदस्य शर्माले बताए । दुवै क्षेत्रमा नेताहरु सहित सहमतिका लागि छलफल भइरहेको एमाले स्याङ्जाले जनाएको छ ।
समाचार
थप सामाग्री
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
१ महिना अगाडि
पोखराको लेकसाइड क्षेत्रमा आयोजना हुने भनिएको ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञ २०८२ को स्थान परिवर्तन भएको छ । लेकसाइड क्षेत्रमा…