नेकपा एमाले महाधिवेशन : ओली को प्यानल नै बिजयी ।
काठमाण्डाै : नेकपा एमालेकाे १० औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएकाे छ ।
नेकपा एमालेको अध्यक्षमा केपी ओली निर्वाचित हुनुभएको छ । ओली भीम रावललाई भारी मतले पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
एमाले निर्वाचन समितिका अनुसार ओलीले एक हजार आठ सय ३७ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार रावलले दुई सय २३ मत ल्याउनुभएको छ ।
यस्तै महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरेल निर्विरोध निर्वाचित हुनुभएको छ । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
कसले कति मत पाए

समाचार
थप सामाग्री
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारीको अध्याक्षमा पुनः गुरुङ
२ हप्ता अगाडि
वालिङ : वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था वालिङको पाचौँ साधारण सभा एवं दोस्रो अधिवेसन सम्पन्न भएको छ । अधिवेसनले…


