एमालेको राष्ट्रिय महाधिवेशन आज चितवनमा सुरू हुँदै

चितवन : नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदै छ।
तीन दिनसम्म चल्ने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमाले मूल आयोजक कमिटीले जनाएको छ। उद्घाटन समारोहमा पाँच लाख जना सहभागी गराउने एमालेको योजना रहेको छ।
महाधिवेशनमा दुई हजार एक सय ७५ प्रतिनिधि र १०३ जना परिवेक्षक सहभागी हुनेछन्। प्रतिनिधि भूगोल, जनसङ्गठन, विभाग र सम्पर्क कमिटी र प्रवासबाट सहभागी हुने एमालेले जनाएको छ।
जसमध्ये पाँच प्रतिशत अर्थात १०६ जना मनोनित गरिएका छन्। त्यत्तै, २०९ जना दलित, उत्पीडित र ६२७ जना महिला रहेको एमाले प्रचार विभाग प्रमुख योगश भट्टराईले बताए।
महाधिवेशनमा प्रधानमन्त्री एवंं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न दलका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। भट्टराईका अनुसार भारत, बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायतका देशबाट राजनीतिक दलका प्रतिनिधि पनि आएका छन्।
मंसिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुनेछ। त्यहि दिन उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ।
मंसिर १२ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने एमालेले जनाएको छ। मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…