गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधिका लागि टंक गैह्रेको उमेद्वारी

स्याङ्जा :
राजनीति असल इमान्दार , नैतिकवान , चरित्रवान व्यक्तिहरुले प्रतिनिधित्व गर्न पर्छ । राजनीति पेशा व्यवसाय नभएका लठैतहरुले मात्र गरेका कारण समाज रुपान्तरण हुन सकेको छैन । राजनीतिलाई सेवा भावका रुपमा लिई विभिन्न संघ संस्थाको नेतृत्व गरेका व्यक्तिm गैह्रे हुन ।उनी स्याङ्जा जिल्ला वा . न. पा १३ स्थायी घर भएका टंक प्रसाद गैह्रे विद्यार्थी बौद्विक नेतामा परिचित छन । सरस्वती मा. वि उदियाचौर स्याङजामा नेविसंघको विद्यार्थी राजनीतिबाट सक्रिय नेता, विन्दुवासिनी संस्कृत क्याम्पस इकाईको नेतृत्व नेपाल विद्यार्थी संघ कास्की शैक्षिक विभाग प्रमुख, पृथ्वीनारायण क्याम्पस पोखराको इकाई समिति सदस्य, सचिव, उपसभापति कार्यवाहाक सभापति हुदै स्ववियु पृथ्वीनारायण क्याम्पसको सभापति दावेदार गरी विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु सदस्य २०६४ , विश्वविद्यालय क्याम्पस कीर्तिपुरको इकाई सदस्य , सचिव ,उपसभापति, र कार्यवाहक सभापति भई विश्वविद्यालयको नेतृत्व गरेका प्राज्ञिक विद्यार्थी नेता हुन । नेपाल विद्यार्थी संघको केन्द्रिय विश्वविद्यालय समिति सभापतिमा मनोज मणि आचार्य प्यानलबाट चुनाव लडेर थौरै मतान्तरले पराजित भएका थिए । अहिले नेपाली काँग्रेस वडा नं १३ का क्षेत्रीय प्रतिनिधि समेत हुन ।
लामो समय पत्रकारिता समेत गरेका गैह्रे, नेपाल प्रेस युनियन कास्कीको सदस्य , सचिव उपसभापति र सभापतिको दावेदार भई विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विद्यावारिधीतह अध्ययन गर्ने लागि परेका छन । नेपाल पत्रकार महासंघ कास्कीको जिल्ला सदस्य नेशनल टेलिभिजनको क्षेत्रिय प्रमुख,समाधान दैनिकको भाषा सम्पादक, कीर्तिपुर पोष्टको सम्पादक, नमूना साहित्य समाजको अध्यक्ष भई पोखरामा लामो सङ्घर्षील इतिहास रचेका व्यक्ति गैह्रे पत्रकारिता क्षेत्रमा समेत आफूलाई अब्बल रुपमा उभ्याएका थिए ।
संस्कृतमा आचार्य गरेका गैह्रेले नेपालीमा एमफिल, राजनीतिशास्त्रमा स्नातकोतर तह,उर्तीण गरेका छन भने विद्यावारिधीको तयारीमा छन । धार्मिक स्वभावका गैह्रे विभिन्न मठ मन्दिरमा आध्यात्मिक प्रवचन, नवाह यज्ञ , को मुख्य वाचकका रुपमा समेत रहेर आफूलाई आध्यात्मिक क्षेत्रको उज्वल नक्षत्रका रुपमा समेत देखिएका छन ।
काठमाडौंका विभिन्न विद्यालय वाघ भैरव बोर्डिङ, हाई स्कूल, कीर्तिपुर इङलिश बोर्डिङ, पांगा मावि लगायतमा अध्यापन गरेका गैह्रे अत्यन्तै मिहिनेति र मिलनसार शैक्षिक व्यक्तिmत्वका रुपमा प्रस्तुत भएका छन ।हाल काठमाडौं स्कूल कलेज अफ सेन्ट्रल स्टेटका शैक्षिक निर्देशक रुपमा कार्यरत छन ।
राजनीतिलाई पेशा व्यवशाय बनाउँन हुँदैन भन्ने गेैह्रेको स्पष्ट धारणा रहेको छ स राजनीति भनेको समाज सेवा हो राजनीतिमा धनवाद, डनवाद, चाकडीवाद, हुनु हँुदैन भन्ने उनको धारणा रहेको छ ।उनी आफूलाई विकासप्रेमीका रुपमा समेत उभ्याएका छन ।गाँऊको बाटो निर्माण, आँधिखोला बहुप्राविधिक शिक्षालय स्थापना, मैदाने सिँचाई परियोजना ,गाँऊका लागि एम्बुलेन्स लैजाने लगायतका विकासप्रेमी काम गरेर आफूलाई विकासप्रेमी नेताका रुपमा समेत उभ्याएका छन ।
अतः गैह्रे धार्मिक , प्राज्ञिक, विकासप्रेमी , शिक्षाप्रेमी नेताका रुपमा परिचित छन ।
हाल अहिले नेपाली काँग्रेस क्षेत्रीय प्रतिनिधि भई क्षेत्र नं २ प्रदेश सभा क स्याङ्जाका महाधिवेशन प्रतिनिधि उमेदवारका रुपमा आफूलाई प्रस्तुत गरेका छन ।
(टंक गैह्रे स्याङ्जा क्षेत्र नं २ क बाट प्रदेश सभा प्रतिनिधिका उम्मेदवार समेत रहनु भएको छ ।)

Facebook Comments Box
TOP