कालीगण्डकीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिने ।

कालीगण्डकी :

स्याङ्जाको जनज्योति क्लब कालीगण्डकी -३, आलमदेवी देउरालीले पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता -२०७८ को आयोजना गर्ने भएको छ। क्लबले बिगत ३५ वर्ष देखि हरिबोधनी एकादशीको अवसर पारेर पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको यो वर्ष भने राष्ट्रको लागि खेलकुद , स्वास्थ्य को लागि खेलकुद भन्ने मूल नाराका साथ पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिने क्लब अध्यक्ष टोप बहादुर रानाले जानकारी दिनु भयो।

क्लबले आज पत्रकार सम्मेलन गरि प्रतियोगिताका बारेमा बिस्तृत जानकारी दिएको अध्यक्ष रानाले जानकारी दिनु भयो। प्रतियोगितामा सहभागी हुनका लागि समूह दर्ताको लागि पालिकाको लेटर हेडमा आधिकारिक छाप सहित वा क्लबको लेटरहेडमा आधिकारिक छाप सहित कार्तिक २६ गते मध्याह्न १२ बजे सम्म तोकिएको छ। प्रतियोगितामा समूह दर्ताको लागि रु ५,००० तोकिएको छ।

प्रतियोगितामा प्रथम पुरस्कार नगद रु १,००,००० , शिल्ड , मेडल र प्रमाणपत्र , द्वितीय पुरस्कार नगद रु ५०,००० , शिल्ड , मेडल र प्रमाणपत्र , तृतीय पुरस्कार नगद रु २५,००० , शिल्ड , मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार नगद रु १५,००० र प्रमाणपत्र रहेका छन् । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु ५, ००० राखिएको छ भने बेस्ट प्लेयर , वेस्ट डिफेन्डर तथा वेस्ट स्पाइकर लाई जनही रु २००० का दरले पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ। खेल अवधिमा स्थानीय कलाकार हरुद्वारा सांस्कृतिक कार्यक्रमहरुको आयोजना समेत रहेने क्लबले जनाएको छ।

Facebook Comments Box
TOP