वालिङमा सप्तक संगीत दिपावली साँझको आयोजना गरिने

वालिङ :
नेपालीहरुको दोस्रो ठुलो पर्व शुभ दिपावलीका अवसरमा स्याङ्जाको वालिङमा दिपावली साँझ हुने भएको छ । सप्तक संगीत सांस्कृतिक केन्द्र वालिङले दिपावलीको पुर्व सन्ध्यामा सप्तक संगीत दिपावली साँझ २०७८ को आयोजना गरेको हो । संगीत साँझको आयोजना बारे जानकारी दिन बुधबार केन्द्रले पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
कोभिडले थलिएको संगीत क्षेत्र र सुस्ताएका दर्शकमाँझ उत्साह जगाउने प्रयास स्वरुप दिपावली साँझको आयोजना गरिएको केन्द्रका अध्यक्ष देवराज गैह्रेले जानकारी दिनुभयो । संगीत र संस्कृति सम्बन्धी प्रशिक्षण केन्द्रको रुपामा यही बैसाखमा स्थापित केन्द्रले कला, संगीत र नृत्यको प्रशिक्षण दिँदै आईरहेको छ । लामो समय बुटवलमा संगीत पाठशाला सञ्चालन गर्नुभएका गैह्रेले स्याङ्जामै नमुना संगीत प्रशिक्षण केन्द्रको स्थापना गर्नुभएको छ ।
कार्यक्रममा आधुनिक गायक रुपक डोटेल, कमेडियन मेक्सम गौँडेल, नृत्यकार अस्मिता रनपालले आ–आफ्नो प्रस्तुति राख्नुहुनेछ । यहि कार्तिक १९ गते साँझ साढे ६ बजेदेखि १० बजेसम्म आयोजना हुँने साँझमा स्थानीय कलाकार र केन्द्रका विद्यार्थीहरुले समेत आफ्ना प्रस्तुति राख्नेछन् । कार्यक्रममा २०० जना भन्दा बढी दर्शकले मनोरञ्जन लिनेछन् भने कार्यक्रमका लागी झण्डै ५ लाख खर्च हुने आयोजनकले जनाएका छन् ।
साथै उक्त दिन आजिवन संगीत क्षेत्रमा बिताउनुभएका गायन र नृत्य क्षेत्रबाट गरी १÷१ जना सर्जकहरुलाई नगदले सम्मान गर्ने कार्यक्रम रहेको केन्द्रका अध्यक्ष गैह्रेले जानकारी दिनुभयो । कार्यक्रमा खर्च कटाएर उठेको नाफाको १० प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने, संगीत कोष स्थापना गर्ने र कोषबाट आर्थिक रुपमा कमजोर भएका तर संगीतमा रुची भएकाहरुको प्रोत्साहन गरिने केन्द्रका अध्यक्ष गैह्रेले बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश शर्माले जिल्लामा संगीत पाठशालाको स्थापना गरी संगीत क्षेत्रमा थप अगाडि बढ्न चाहेका प्रतिभाहरुको उजागर गर्न मद्दत पुग्ने बताउनुभयो ।
२ वर्षदेखि प्राय ठप्प रहेका संगीत क्षेत्रमा उर्जा थप्नका लागी यस कार्यक्रमले सहयोग पुग्ने कलाकार अर्जुन गैह्रेले बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, महासंघका निर्वतमान अध्यक्ष ओमप्रकाश गैह्रे, उपाध्यक्ष भवानी अधिकारी, कोषाध्यक्ष रमेश गोदार, पत्रकाहरु एसिब महत, टिकाराम अधिकारीलगायतले कार्यक्रम सफलताको कामना सहित आफ्ना ज्ञिज्ञासा राख्नुभएको थियो । कार्यक्रममा जिल्लाका क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।
विचित्र संसार
थप सामाग्री-
सात्विक भोजन के हाे जसले दिन्छ दीघार्यु र निरोगी जीवन
-
विवाह पछि दुलाहाले विदा भई जानु पर्छ दुलहीको घरमा बस्न
-
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
-
विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् दुलाहाकै भतिजसंग बिहे
-
चिम्पाञ्जीको प्रेममा पागल एक युवती

महाशिवरात्रि किन मनाइन्छ ?
३ महिना अगाडि
हिन्दु शास्त्र अनुसार भगवान शिवलाई सबै देवताहरु मध्ये श्रेष्ठ मानिन्छ । ब्रह्माण्डका सबै देवता र मानव जातिले भगवान शिवलाई प्रसन्न…