सल्यान बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १२ पुग्यो, १८ घाइते
सल्यान :
सल्यानमा बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १२ पुगेको छ । दुर्घटनामा १८ जना घाइते छन् । गम्भीर अवस्थामा रहेका घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ ।
सल्यानका प्रहरी प्रमुख डीएसपी गोविन्द थापाले अधिकांश घाइतेको अवस्था गम्भीर रहेको बताए । हालसम्म जिल्ला अस्पताल सल्यानमा खलंगमा मृत्यु भएका छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ का २९ वर्षीय तिलक वलीको मात्रै सनाखत भएको छ । सात जना घाइतेलाई थप उपचारको लागि बाँके जिल्लाका अस्पतालहरुमा पठाइएको छ ।घाइतेको उद्धारका लागि हेलिकोप्टर पनि मागिएको प्रनाउ थापाले बताए । गम्भीर घाइते चार जनालाई हेलिकोप्टरबाट उद्धार गरेर बाहिरी जिल्लामा उपचारका लागि पठाउन लागेको बताइएको छ । अन्य ७ जना घाइतेको सल्यानमै उपचार जारी छ ।
बसमा ३० यात्रु सवार थिए । चालक भने सम्पर्कविहीन छन् । सल्यानको दुलधारा पोखरा खलंगा हुँदै दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना २ ख २५५२ नम्बरको बस आज बिहान पौने ११ बजे कपुरकोट गाउँपालिका वडा नम्बर ५ खारखोला नजिकै दुर्घटनामा परेको थियो । सडकको खराब अवस्था र बस तीव्र गतिमा रहेका कारण दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।
समाचार
थप सामाग्री-
कोजाग्रत पुर्णिमामा सोमबार सार्वजनिक बिदा
-
स्याङ्जा : स्कुटर दुर्घटनामा एकको मृत्यु
-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
३ हप्ता अगाडि
स्याङ्जा : राजनीति केवल सत्ता वा पदप्राप्तिको माध्यम मात्र होइन, यो त समाज र जनताको निःस्वार्थ सेवा गर्ने एउटा उत्कृष्ट प्लेटफर्म…


