नेपाली काँग्रेस स्याङ्जा १ (ख) को सभापतिमा प्रकाश तिवारी विजयी ।

स्याङ्जा:

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ (ख) को प्रदेश सभापतिमा प्रकाश तिवारी विजयी हुनु भएको छ ।

निर्वाचन कार्यालयका अनुसार शुक्रबार सम्पन्न भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर १ (ख) को सभापतिमा तिवारी निर्वाचित हुनु भएको हो ।

त्यसै गरी उपसभापतिमा थानेश्वर पौडेल र प्रल्हाद जंग मरासिनी विजयी हुनुभएको छ भने सचिवमा प्रताप पौडेल तथा शिव बहादुर थापा र सहसचिवमा उदयराज पौडेल (सन्तोष) तथा युवराज हमाल निर्वाचित हुनुभएको छ ।

Facebook Comments Box
TOP