प्रदेश १ का मुख्यमन्त्री आचार्यद्वारा राजीनामा

काठमाण्डाै : प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिनुभएको छ । आज साेमवार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै आचार्यले प्रदेश १ को मुख्यमन्त्री पदबाट राजीनामा गर्नुभएको हो ।
आज उहाँले विश्वासकाे मत लिने कार्यक्रम रहेकोमा विश्वासको मतसम्बन्धी प्रस्तावलाई मतदानमा लैजानुअघि नै राजीनामा दिनुभएको हो । उहाँले विश्वासकाे मत नपाउने स्पष्ट थियो ।
आचार्य गएको भदौ १० गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो । एमाले विभाजन भएपछि प्रदेश १ मा सम्भावित विभाजन रोक्न तत्कालीन मुख्यमन्त्री शेरधन राईले राजीनामा दिएर आचार्य एमालेबाट एकल बहुमतको मुख्यमन्त्री बन्नुभएको थियो । तर १० जना सांसद एमाले छाडेर एकीकृत समाजवादीमा गएपछि आचार्य अल्पमतमा पर्नुभयो ।
९२ सदस्यीय प्रदेश सभामा एमालेसँग सभामुखसहित ४१ सांसद छन् । त्यस्तै कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, ,जनता समाजवादीका तीन जना र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका एक र राप्रपाको एक जना सांसद रहेका छन् ।
अब कांग्रेस, माओवादी, एकिकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धनले एकीकृत समाजवादी पार्टीका राजेन्द्र राईलाई मूख्यमन्त्री बनाउने तयारी गरेको छ ।
यसैबीच प्रदेश १ प्रदेश सभाको अर्को बैठक आउँदो २३ गते मङ्गलवारका लागि बोलाइएको छ ।
विचित्र संसार
थप सामाग्री-
सात्विक भोजन के हाे जसले दिन्छ दीघार्यु र निरोगी जीवन
-
विवाह पछि दुलाहाले विदा भई जानु पर्छ दुलहीको घरमा बस्न
-
सेक्स पावर बढाउने भियाग्राको कहानीः भुल भुलैयामै अविष्कार भएका यी पाँच औषधी !
-
विवाहमा नाचेको भन्दै बेहुलाले थप्पड हानेपछि बेहुलीले गरिन् दुलाहाकै भतिजसंग बिहे
-
चिम्पाञ्जीको प्रेममा पागल एक युवती

महाशिवरात्रि किन मनाइन्छ ?
३ महिना अगाडि
हिन्दु शास्त्र अनुसार भगवान शिवलाई सबै देवताहरु मध्ये श्रेष्ठ मानिन्छ । ब्रह्माण्डका सबै देवता र मानव जातिले भगवान शिवलाई प्रसन्न…