एमाले प्रतिनिधि छनौट : स्याङ्जा क्षेत्र नं २ को १२ पदमा जुट्यो सहमति, १ को छलफल चल्दै ।
स्याङ्जा :
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेसनका लागि महाधिवेशन प्रतिनिधि छनौटको काम देशभर नै चलिरहेको छ ।
यसैबीच स्याङ्जा क्षेत्र नं २ बाट सिफारिस हुने १२ पदको टुंगो लागेको छ । सहमतीका आधारमा १२ जनलाई सिफारिस गरिएको नेकपा एमाले स्याङ्जाले जनाएको छ ।
सिफारिस हुनेहरुमा मोहन प्रसाद रेग्मी, भूपराज अधिकारी, देवीसरा थापा, मुक्ति प्रसाद पाठक , सूर्यप्रसाद गैह्रे (पारस) खिम बहादुर थापा,किशोर बिक्रम मल्ल, उदयराज श्रेष्ठ, धनमाया विश्वकर्मा,सरस्वती भट्टराई, खगिसरा थापा र दिपक बि क रहेकाछन् ।
क्षेत्र नम्वर २ मा खुला र महिलाका १० पदका लागि खुलामा २९ जना र महिलाबाट ९ जनाले उमेदवारी दर्ता गरेका थिए । जिल्लाभर उत्पिडित वर्गबाट ४ जना प्रतिनिधिका लागि ५ जनाको उमेदवारी दर्ता भएको छ ।
यता क्षेत्र नम्वर १ बाट महाधिवेसनमा सहभागि हुने प्रतिनिधिको भने टुंगो लाग्न बाँकी रहेको छ ।
निर्वाचन समितिका अनुसार स्याङ्जा क्षेत्र नं. १ बाट खुलामा ३७ र महिलाबाट ९ जनाले राष्ट्रिय महाधिवेसन प्रतिनिधिका लागि उमेदवारी दर्ता गराएका छन् । खुलाबाट ७ र महिलाबाट ३ जना निर्वाचित हुने एमालेको विधानमा उल्लेख छ ।
समाचार
थप सामाग्रीमहिलाका लागि निःशुल्क लोकसेवा तयारी कक्षा
२ हप्ता अगाडि
स्याङ्जा : निजामती सेवामा महिला सहभागिता बढाउने उदेश्यले स्याङ्जामा मंगलबारदेखि २० दिने निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरिएको छ। सामाजिक विकास…