माओवादी केन्द्रको पालिका अधिवेशन आजदेखि
काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)ले आज पालिका तहको अधिवेशन गर्ने भएको छ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कुल ७ सय ७६ वटा पालिका स्तरीय सम्मेलन पनि आयोजना गरेको छ ।
पालिका सम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिउँसो १ बजे भर्चुअल’ सम्बोधन गर्नु हुने कार्यक्रम तय भएको छ । अध्यक्ष दाहालले सबै पालिका सम्मेलनलाई एकैपटक सम्बोधन गर्न लाग्नुभएको हो । माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार आजको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्नेछ ।
मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ । आउने पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ । माओवादीले सबै पालिकाको सम्मेलनको आवश्यक तयारी भइसकेको जनाएको छ । पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि बढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ ।
त्यही अनुसार यही मङ्सिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ । माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रित हुने गरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ ।
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


