कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पछि स-याे
काठमाडौं : नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पछि सरेको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले प्रदेश अधिवेशन सार्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाशा शर्माले जानकारी दिनुभयो ।
प्रवक्ता शर्माका अनुसार यही मङ्सिर १६ र १७ गतेका लागि तोकिएको प्रदेश अधिवेशन मङ्सिर १८ र १९ गतेको लागि सारिएको हो । यसैगरी मङ्सिर २५ गतेका लागि तय गरिएको मतदानको कार्यक्रम २६ गते र मतगणना २७ गते शुरु हुने उहाँले बताउनुभयो । यसअघि काँग्रेसले २५ गते मतदान र २६ गते मतगणना गर्ने कार्यक्रम तालिका तय गरिएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
४ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


