काँग्रेस महाधिवेशन-‘एक आपसको मनमुटाव अन्त्य गरौं,मनन गरौं र सामुहिक भावनामा चलौं’ ।

bishnu paudel

बिष्णु पौडेल :

स्थानीय, प्रदेश र संघीय निर्वाचन पछिका ४ बर्षमा अलिक सघन र अत्यन्त नजिकबाट पार्टी नेतृत्व, कार्यकर्ता र आम सर्वसाधरणहरुसँग अन्तरक्रिया र छलफल गर्ने प्रशस्त अवसरहरु प्राप्त भए ।

प्रत्यक्ष भेटघाट र अन्तरक्रिया मैले निकै महत्वपूर्ण तबरबाट मनन गरेककाे छु । जिल्लाका विभिन्न स्थानहरुमा गएर सर्वसाधरणसँग अन्तरक्रिया गर्दा आमसर्वसाधरणको विश्वास नेपाली कांग्रेस प्रति नै छ । केही कमि कमजोरीलाई सम्बोधन गर्ने हो भने कांग्रेसको विकल्प छैन भन्नेमा सबैजना सहमत हुनुहुन्छ ।

वँहाहरु भन्नुहुन्छ, देशमा लोकतन्त्र, विधिको शासन, सामाजिक सदभाव, अमन चयन र विकास निमार्ण गर्ने पार्टी नै नेपाली कांग्रेस हो । पार्टी कार्यकर्ताहरुमा पनि निकै मजबुत आत्मबल, दृढ इच्छाशक्ति, लगनशिलता, उर्जा र साहस छ । असन्तुष्ठि व्यक्त गर्ने क्रियाशिल स्थानीय तथा कार्यकर्ताहरु पार्टी र सरकारको नेतृत्वमा रहने व्यक्तिहरुले सांगठनिक तबरबाट समग्र कांग्रेस बलियो बनाउनु भन्दा पनि तल्लो तहसम्म पनि गुटगत राजनीतिक सस्कृतिका कारण पार्टीले अपेक्षाकृत नतिजा हासिल गर्न सकेन भन्नुहुन्छ ।

स्थानीय र जिल्ला तहमा राजनीति गर्ने नेतृत्वहरु दुई ठूला कम्युनिष्ट पार्टीहरुको अशाेभाविक एकिकरण र नेपाली कांग्रेस पार्टीले आफनो नेतृत्वमा भएका कामहरु आम जनता समक्ष सही रुपमा प्रचार गर्न नसकेका कारण कांग्रेसले अपेक्षाकृत नतिजा हासिल गर्न सकेन भन्ने नागरिककाे भनाइ छ । यी सबै धारणाहरु सान्दर्भिक पनि छन । सवालहरुलाई मनन गर्दै, हामीले प्रदेश, संघ र जिल्लाको अधिवेशन गर्दैगर्दा दैनिक भेटघाट भएर गफ गर्न सकिने नेतृत्व पक्ति भन्दा पनि आम सर्वसाधरण र पार्टी कार्यकर्ताहरुको भावनालाई आत्मसात गर्न जरुरी छ ।

नेतृत्वका लागि अग्रसर व्यक्तिहरुले उत्तरदायित्व वहन गर्दै सांगठनिक रुपबाट पार्टीलाई मजबुत बनाएर अगाडि जान सकेमा आगामी संघीय, प्रदेश र स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको बिजय सुनिश्चित गराउनका लागि दृढ इच्छाशक्ति पार्टी कार्यकर्ता र आमसर्वसाधरणमा देखिन्छ । त्यसका लागि, हामीले आपसी हार्दिकता बढाएर एकता, सदभाव र सामूहिकताको भावनाबाट अगाडि बढन जरुरी छ ।

पार्टीको आसन्न निर्वाचनमा नेतृत्व तहमा रहेर राजनीति र समाजसेवा गर्न चाहने व्यक्तिहरुलले संगठन प्रतिको लगाव र जनताप्रतिको जवाफदेही सुनिश्चित गर्नै पर्छ । आमसर्वसाधरण र पार्टी कार्यकर्ता प्रतिको जवाफदेहिता हाम्रो पहिलो प्राथमिकता हो । एक अापसकाे मनमुटाव अन्त्य गराै‌ । मनन गरौ । सामूहिकताको भावनासहित अगाडि बढौ‌ ।

(लेखक पौडेल,यसअघि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा १४ औं महाधिवेशनमा समेत महाधिवेशन प्रतिनिधिका उमेद्वार रहनु भएको छ ।)

Facebook Comments Box
TOP