नेपाली काँग्रेस स्याङ्जा १ -क- को सभापतिमा केशर बहादुर खाँण विजयी ।

 

स्याङ्जा
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत स्याङ्जा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमा केशर बहादुर खाँण (धुव्र) विजयी हुनु भएको छ ।

निर्वाचन कार्यालयका अनुसार शुक्रबार सम्पन्न भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन अन्तर्गत प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा क्षेत्र नम्बर १ (क) को सभापतिमा खाँण विजयी हुनु भएको हो । त्यसै गरी उपसभापतिमा बोधराज अर्याल र हुम बहादुर लम्साल (राजेन्द्र), सचिवमा आशिष लम्साल र नवराज वाग्ले, सहसचिवमा वेद कुमार गुरुङ र राजेन्द्र शर्मा निर्वाचित हुनुभएको छ ।

Facebook Comments Box
TOP