फौदीखोलामा मोटरेबल पुलको शिलान्यास

तोलाकान्त बगाले/वालिङ :
स्याङ्जाको वालिङ १२ स्थित फौदीखोलामामोटरेबल पुलको आजशिलान्यास गरिएको छ । वालिङ नगरपालिकाकोतर्फबाट पहिलो चरणमा रु. १५ लाखको लागतमापुलको निर्माण कार्य थालिएको हो । पुलको आजवालिङ नगर प्रमुखदिलीपप्रतापखाँण, स्थानीय ज्येष्ठ नागरिकहरु ९९ वर्षीया देउरुपा पराजुली र ९८ वर्षीया रेनुका पराजुलीले संयुक्तरुपमाशिलान्यास गर्नुभएको हो ।
विशेष गरी वर्षायाममा सवारी साधानहरुउक्तखोलापार गर्न समस्याभएकाले मोटरेबल पुलको निर्माण कार्य थालिएको नगर प्रमुखदिलीपप्रताप खाँणले बताउनुभयो ।
“गाउँलाई शहरसँग र शहरलाई गाउँसँगजोड्ने यस क्षेत्रको महत्वपूर्ण सडककोरुपमायसलाई अगाडि सारेका छौं”नगर प्रमुख खाँणले भन्नुभयो, “पुलको निर्माणसँगै गाउँमाउत्पादनभएका कृषितथापशुजन्यउत्पादनहरु बजारसम्म पु¥याउन र गाउँमाआवश्यक पर्ने सामग्रीहरु गाउँमा पु¥याउन सहजहुने छ ।”
निर्वाचितभएर आएसँगै यहाँको मुख्य समस्याकोरुपमा रहेको फौदीखोलामापुलनिर्माण गर्ने कार्यकालागि पटक पटकमन्त्रालयमाप्रयास भएपनि योजनाप्राप्तनभएकाले नगरपालिकामार्फत निर्माण कार्य थालिएको वडा नं. १२ का वडा अध्यक्षदानबहादुर गुरुङले बताउनुभयो ।
“पुलको डिपिआर गरेर मन्त्रालयमाफाईल पठायौं तर सुनुवाई भएन” वडा अध्यक्ष गुरुङले भन्नुभयो, “सुनुवाई नभएपछि नगरपालिकाकै पहलमा योजना अगाडि बढायौं र शिलान्यास गरेर कामथालिसकेका छौं ।”
पुलनहुँदाउक्तखोलावारपार गर्नुपर्ने भएकाले धेरै पटक मोटरसाईकलतथा स्कुटरहरु बगाउँदामानिसहरु घाईते समेत भएकाथिए । खोलामा बाढी आएको बेला सवारी साधनहरु वारपार गर्ननसक्ने भएकाले धेरै समय वारीपारी नै रोकिनुपर्ने बाध्यता रहेको थियो ।पुलनिर्माणसँगै स्थानीयलाई सहजताहुने भएपछि स्थानीयहरु हर्षित छन् ।
वालिङ १३ को बायँटारीबजारदेखि वडा नं. १२ लाई सडक सञ्जालसँगजोड्न वालिङ १२ र १४ को सीमामा रहेको फौदीखोलामाआवतजावतमा सहजपहुँच पु¥याउनखोलामापक्कीपुलको शिलान्यास गरिएको हो ।पुलआगामीदुई महिनाभित्रैमानिर्माण सम्पन्नगर्ने सम्झौताभएको ईञ्जिनियर ध्रुब रेग्मीले जानकारी दिनुभयो । नगरपालिकाको पहिलो चरणमा रु. १५ लाख र दोस्रो चरणमा पुलको तटबन्धन तथा सुरक्षाकालागिथप रु. ५ लाख गरी कूल रु. २० लाखकोलागतमानिर्माण सम्पन्नहुने भएको हो । पुलको लम्बाई र चौडाई ६÷६ मिटर रहने छ ।
समाचार
थप सामाग्री
प्रेस चौतारी स्याङ्जाको अध्यक्षमा अर्याल
१ हप्ता अगाडि
स्याङ्जा : प्रेस चौतारी नेपाल स्याङ्जाको अध्यक्षमा मणीप्रसाद अर्याल चयन हुनु भएकाे छ। बुधबार सम्पन्न छैठौं जिल्ला अधिवेशनले अर्यालको नेतृत्वमा…