विनोद चौधरी गण्डकीबाट महाधिवेशन प्रतिनिधिमा चयन ।

काठमाण्डां
नेपाली कांग्रेसका सांसद् समेत रहेका नेपालका एक मात्र अर्बपति विनोद चौधरी महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत भएका छन् । गण्डकी प्रदेशको जिल्ला नवलपुर क्षेत्र नम्बर १ बाट मधेसी कोटामा उनी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

गत निर्वाचनमा चौधरी समानुपातिक कोटामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभाका सांसद् बनेका थिए । नेपाली कांग्रेसको विधानमा प्रत्येक निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि गठित आर्थिक समितिका उनी सल्लाहकारसमेत हुन् । सूचना तथा सञ्चारमन्त्री समेत रहेका आर्थिक समितिका संयोजक ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र ४ जना सल्लाहकार नियुक्त गर्दा उनलाई सल्लाहकार बनाएका हुन् ।

Facebook Comments Box
TOP