स्याङ्जा क्षेत्र नं २-प्रदेश (क) को सभापतिमा अर्जुनप्रसाद खनाल विजयी ।

खगिन्द्र पौडेल/वालिङ:

नेपाली काँग्रेसको १४ औं महाधिवेसनमा स्याङ्जा क्षेत्र नं २ को प्रदेश (क) को सभापतिमा अर्जुनप्रसाद खनाल विजयी हुनुभएको छ । उँहाले ३२७ मत ल्याएर विजयी हुनुभएको हो ।त्यस्तै सभापति पदका अर्का उमेद्वार विद्या श्रेष्ठले २५१ मत पाउनुभएको थियो ।

उपसभापति पदमा कुलबहादुर गुरुङ ले ३०२ मत र भविश्वर कोईरालाले २९० मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने अन्य उमेद्वारहरु बुद्दिनारायण अर्यालले २७२ मत र मुक्तिप्रसाद सुवेदीले २२१ मत प्राप्त गर्नुभएको थियो । सचिवपदमा डण्डपानी पंगेनीले ३२७ मत र अमृत अर्यालले २९० मत ल्याएर विजयी हुनुभएको छ । सचिवपदका अन्य उमेद्वारहरु विष्णु सुवेदी गैह्ेले २७२ मत र खुमकान्त खनालले २१२ प्राप्त गर्नुभएकोे थियो ।
त्यस्तै सहसचिवको पदमा दिक्षान्तप्रताप खाँण तथा बोधराज कुँवर राजु विजयी हुनुभएको छ ।यो समाचार लेख्दासम्म खुला तर्फ चेतनारायण श्रेष्ठ, राजकुमार गुरुङ, कमल गुरुङ, चक्रबन्धु रेग्मी, भीमप्रसाद पंगेनी, धु्रव पंगेनी र सुनिल चापागाँई तथा महिला खुल्लामा बर्षा पंगेनी, सीता गैह्रे पंगेनी र बोला पाठकको अग्रता रहेको थियो ।

Facebook Comments Box
TOP